काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दुई साता लामो उपचार सकेर सिंगापुरबाट शुक्रवार स्वदेश फर्किएका छन् ।
सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरेर ओली शुक्रवार मध्याह्न स्वदेश फिर्ता भएका हुन् ।
प्रधानमन्त्री ओलीले विमानस्थलमा मिडियालाई कुनै प्रतिक्रिया नदिई बाहिरिएका थिए ।
प्रधानमन्त्री ओलीको स्वागतका लागि कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा लगायत सरकारका मन्त्री र उच्चपदस्थ अधिकारी विमानस्थल पुगेका थिए ।
मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि उनी गत भदौ ५ गते त्यसतर्फ गएका हुन् । उनको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो ।
प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न सिङ्गापुर गएका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडलले पनि सँगै फर्किएका छन् ।
प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी थिए ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा दिव्यासिंह शाह भने फर्किसकेका थिए । यसअघि उनी सोही अस्पतालमा स्वास्थ्य परीक्षण गरी साउन २७ गते स्वदेश फर्किएका थिए ।