• २०८१ बैशाख १५ शनिबार

विराटनगरमा रगत अभाव

kharibot

विराटनगर । विराटनगरस्थित क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रमा रगतको अभाव भएको छ । यहाँ दैनिक ६० जनाभन्दा बढी रगत लिन आउने गरेका छन् ।

यहाँका विभिन्न अस्पतालमा उपचार गर्न आउने बिरामी रगतका लागि रक्त सञ्चार केन्द्र धाउने गरेका छन् । “रगत लिन आउनेको सङ्ख्या बढ्दै गएको छ”, केन्द्रका प्राविधिक इन्चार्ज शिवनन्द यादवले भने ।

रगतको माग पूरा गर्न निकै समस्या भएको उनले बताए । “रगतको माग बढी छ, सङ्कलन न्यून छ”, उनले भने । 

विराटनगर पछिल्लो समयमा उपचारको केन्द्र बन्दै गएको छ । यहाँका अस्पतालमा बिरामीको चाप थेगिनसक्नु छ । रक्त सञ्चार सेवा केन्द्रका लागि  झण्डै २०० सङ्घसंस्थाले रक्तदान गरी रगत सङ्कलन गर्दै आएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय