• २०८१ बैशाख १४ शुक्रबार

सिभिल बैंकले ल्यायो नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना

kharibot

काठमाडौ । सिभिल बैंक लिमिटेडले नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ । 

बैंकका अनुसार यो योजना बचत र मुद्दतीको समायोजन गरी बनाईएको निक्षेप योजना हो । एन्यूटी डिपोजिट योजना भनेको भविष्यमा आपूmलाई चाहिने रकमको व्यवस्थापन गर्न बचतकर्ताले निश्चित अवधितोकी समान मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्नेछ र ईच्छयाईएको रकम सो अवधि पश्चात एक्मुष्ठ प्राप्त गर्नेछन् ।

सिभिल एन्यूटी डिपोजिट अन्तर्गत खोलिएको खाताको ब्याजदर खाताको अवधिभर स्थीर रहने छ । न्यूनतम मौज्दात रु १,०००।– बाट नै शुरु गर्न मिल्ने यस योजना व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ता दुवैले संचालन गर्न मिल्ने निक्षेप योजना हो भने १ वर्षदेखि ७ वर्षसम्मको अवधिमा आफ्नो मासिक आम्दानीबाट बचत गर्न सक्ने रकमलाई थोरै थोरै जम्मा गरी भविष्यको आफ्नो योजनाहरु साकार पार्न यस निक्षेप योजनाले सघाउँछ । ग्राहकहरुको इच्छा अनुसार यो खाता एक भन्दा बढी खोल्न पाईनेछ ।

सिभिल एन्यूटी डिपोजिट बाट बचतकर्ताले आवष्यक मासिक रकम बचत गरी योजनाको अन्तमा साँवा तथा ब्यााजको एक्मुष्ठ रकमको लाभ पाउन सक्नेछन् । आवश्यक परेको वखत तीन महिनापछि यो निक्षेप खाता बन्द गर्न मिल्ने वा, मौज्दात रकमका ६० प्रतिसतसम्म ऋण निकाल्न मिल्ने सुविधा प्रदान गरीएको छ । हालसम्म बैंकको ९६ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको कुरा पनि बैंकले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै