पोम्पेओ भन्छन् - तालिवानसँग थप वार्ताको सम्भावना रोकिदैन

खरीबोट

वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले तालिवान समूहले महत्वपूर्ण प्रतिवद्धतासहित अघि आएमा थप वार्ताको सम्भावना नरोकिने आइतबार बताएकाछन् ।

अफगानिस्तानमा तालिवान विद्रोहीसँग वार्ता भइरहँदा भउको विस्फोटबाट एक अमेरिकी अधिकारकिो मृत्यु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने क्याम्प ड्याभिडमा हुने भनिएको गोप्य बैठक खारेज गरेको बताएका हुन् ।

विदेशमन्त्री पोम्पेओका अनुसार राष्ट्रपति ट्रम्पले अझै अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता बोलाउने वा नबोलाउने सम्बन्धमा अझै निर्णय नगरेको र यदि सहमतितर्फ तालिवान विद्रोही तयार नभए थप सैन्य दवावको सामना गर्नुपर्नेछ ।

अमेरिकी विदेशमन्त्रीले एबीसी टेलिभिजनलाई दिएको अन्तवार्तामा भनिएको छ, “मलाई विश्वास छतालिवानहरूले आफ्नो व्यवहारलाई परिवर्तन गरी पछिल्लो समय अमेरिकी वार्ता टोलीसँग गरेको सहमतिप्रति प्रतिवद्ध भएमा समस्यालाई श्रृङ्खलावद्धरूपमा समाधान गरी अघि बढ्न सकिन्छ ।”

तालिवान समूहसँग अमेरिकाले गरिरहेको वार्ता अत्यन्त्यै सकारात्मक बनेको र अफगानी राष्ट्रपति तथा तालिवान नेतासँग आइतबार वासिङ्टनबाहिर भेट्ने कार्यक्रम बिहीबारको आक्रमणलाई लिएर रद्द भएको राष्ट्रपति ट्रम्पले शनिबार ट्वीटर सन्देशमार्फत बताएका थिए ।
 

सम्बन्धित समाचार

पोम्पेओ भन्छन् - तालिवानसँग थप वार्ताको सम्भावना रोकिदैन

वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले तालिवान समूहले महत्वपूर्ण प्रतिवद्धतासहित अघि आएमा थप वार्ताको सम्भावना नरोकिने आइतबार बताएकाछन् । अफगानिस्तानमा तालिवान विद्रोहीसँग वार्ता भइरहँदा भउको विस्फोटबाट एक अमेरिकी अधिकारकिो मृत्यु भएपछि

तालिवानको आक्रमणमा अफगानिस्तानमा सरकार समर्थक एघार नागरिक सेना मारिए

अफगानिस्तान । अफगानिस्तानको उत्तर भागमा पर्ने प्रान्त तखारमा मङ्गलबार बिहान सबेरै तालिबान लडाकू समूहले सरकार समर्थक नागरिक सेनामाथि गरेको आक्रमणमा परी एघार जना नागरिक सेना मारिएका प्रान्तीय प्रहरी प्रवक्ताले बताएका

अफगानिस्तानमा १३ जना तालिवान मारिए

अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा शनिबार भएको गोली हानाहानमा कम्तीमा १३ जना तालिबान लडाकूको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्तिमा कान्दाहार प्रान्तको मरुफ जिल्लाको नदिर खान गाउँमा

अफगानिस्तानमा तालिवानी विद्रोहीको नियन्त्रणबाट दश जना मुक्त

अफगानिस्तान । अफगानिस्तानको सरकारी सेनाले तालिवानी नियन्त्रणमा रहेका दश नागरिकलाई मुक्त गराएको छ । सरकारी सुरक्षाकर्मीहरूले चलाएको खोजी तथा कारबाही अभियानका क्रममा देशको उत्तरी कुन्दुज प्रान्तबाट उनीहरूलाई नियन्त्रण मुक्त गरेका हुन्


z