फिल्म ‘काले दाई’ को ट्रेलर सार्वजनिक

खरीबोट

काठमाडौँ । असोज १७ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘काले दाई’ को ट्रेलर सार्वजनिक गरिएको छ । 

गत वर्ष रिलिज भएको ‘पर्व’ सिनेमामा समावेश हिट गीत ‘काले दाई’बाट नाम सापटी लिएर बनाएको चलचित्रलाई शिव शर्माले निर्देशन गरेका हुन् ।

फिल्म अन्तरजातीय प्रेममा बनेको ट्रेलरबाट थाहा हुन्छ । 

चलचित्रमा इन्द्र राम्जाली, शिशिर भण्डारी, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, गीता अधिकारी, विष्णु सापकोटा, सारिका घिमिरे, उत्तम केसी, गोविन्द श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

शमशेर गुरुङ र इन्द्र राम्जालीले निर्माण गरेको ‘काले दाई’मा पवन गौतम/रामेश्वर कार्कीको छायाँकन, तारा थापा किम्भेको सम्पादन रहेको छ ।

‘काले दाई’ को ट्रेलर :

सम्बन्धित समाचार

स्वरसम्राट नारायण गोपालको सम्झना

काठमाडौँ । नेपाली सङ्गीत जगत्का चम्किला तारा नारायणगोपाल गुरुवाचार्यको स्वर्गारोहण भएको २९ वर्ष पुगेको छ । नेपाली सङ्गीतको क्षेत्रमा गहिरो प्रभाव छोड्न सफल उनी नेपाली जन जनको मनमा अहिले पनि

‘सेल्फी किङ’ को अफिसियल टिजर सार्वजनिक

काठमाडौँ । विशाल सापकोटा निर्देशित फिल्म ‘सेल्फी किङ’ को अफिसियल टिजर सार्वजनिक भएको छ । केही दिन अगाडि सार्वजनिक गरिएको फस्टलुक पोस्टरले सकारात्मक प्रतिक्रिया बटुलेपछि निर्माण टिमले फिल्मको टिजर रिलिज

निकिताको डेभ्यु फिल्म ‘साङ्लो’ को पहिलो गीत सार्वजनिक

काठमाडौँ । ‘एक्सन स्टार’ विराज भट्टको डेब्यू निर्देशनमा बनेको फिल्म ‘साङ्लो’ को पहिलो गीत सार्वजनिक भएको छ । लोक लयमा आधारित ‘चरीले काफल’ बोलको गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको

‘लभ यु हमेशा’ को यो हावामा यशराज र ऋचा रोमान्टिक

काठमाडौ । प्रेमकथानक फिल्म ‘लभ यु हमेशा’ मा समाबेश यो हावा किन चल्छ बोलको गीत बुधबार सार्वजनीक गरिएको छ । मंसिर १३ गते प्रदर्शन हुने फिल्मको रोमान्टिक गीतमा यशराज र


z