काँग्रेसले बिपीको मर्म बुझ्न सकेन : वरिष्ठ नेता पौडेल

खरीबोट

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले बिपीको मर्म बुझ्न नसकेको बताएका छन् ।

राष्ट्रिय जागरण अभियानका अवसरमा काङ्ग्रेस तनहुँले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीका कार्यकर्ताले बिपीको मर्मलाई आत्मसाथ गर्न नसकेको बताए ।

“बिपी जयन्तीमा देशैभर कार्यक्रम भयो, तर काङ्ग्रेस कार्यकर्ताले बिपीको आदर्शलाई बुझेका छन् कि छैनन्, यो मुख्य प्रश्न हो,” वरिष्ठ नेता पौडेलले भने, “बिपीको सिद्धान्त र आदर्शलाई बुझेर अगाडि बढ्नुपर्छ ।” उनले बिपी जनताको शासनका पक्षमा रहे पनि कम्युनिष्ट सर्वहाराको शासनका पक्षमा रहेको आरोप लगाए ।

बिपीले सबै जनताका लागि राजनीति गर्न चाहे पनि अहिलेको राजनीति त्यस्तो नरहेको वरिष्ठ नेता पौडेलको भनाइ थियो । निमुखालाई न्याय र विपन्नलाई आय काङ्ग्रेसको मूल सिद्धान्त रहेको बताउँदै उनले गाउँ–गाउँमा रोजगारी सिर्जना गरेर जनतालाई गाउँमै बसुँबसुँ बनाउनुपर्नेमा जोड दिए । सो अवसरमा उनले बिपी कोइरालाले विसं २०३६ असोज ६ गते व्यास नगरपालिका–३ बिपी वनवाटिकामा उपस्थित भएर राखेको भनाइ अङ्कित बोर्डको अनावरण गरेका थिए । 

तनहुँ आएर पहिलोपटक राखेको उद्गारलाई चीरस्थायी बनाउन होर्डिङ बोर्ड राखिएको काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेले जानकारी दिए । राष्ट्रिय जागरण अभियानका क्रममा जिल्लाका विभिन्न ठाउँमा सभा, सम्मेलन आयोजना गरिएको पार्टीले जनाएको छ ।
 

सम्बन्धित समाचार

काँग्रेसको भ्रातृ संस्थाको भद्रगोल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा व्यस्त रहेकै बेला भ्रातृ संस्थाहरुमा भने एकपछि अर्को विवाद चुलिन थालेको छ ।  शनिबार मात्रै नेपाल तरुण दलका अध्यक्ष

काँग्रेसद्वारा कर्णाली प्रदेशसभाको बैठक अवरुद्व

सुर्खेत । कर्णाली प्रदेशसभाको आजको बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेसले आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेको छ ।  विनियोजन विधेयक र त्यससँग सम्बन्धित अन्य विधेयकहरु

बाँके घटनाका विषयमा आजपनि काँग्रेसको संसद अवरोध, बैठक स्थगित

काठमाडौं । प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्षका सांसदले बाँके घटनालाई लिएर वडा अध्यक्षलाई मुद्धा चलाउन नपाईने भन्दै विरोध

नेकपा र काँग्रेसका शीर्षनेताबीच छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले पछिल्ला राजनीतिक घटनाका


z