भक्तपुरमा डेंगुको उच्च जोखिम

खरीबोट

भक्तपुर । देशभरि फैलिएको डेङ्गु रोग भक्तपुरमा महामारीका रुपमा फैलिँदै गएको छ । एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेङ्गु रोग भएको पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा आज बिहानसम्ममा ९९ जना बिरामीमा डेङ्गु रोग रहेको पुष्टि भएको जानकारी दिए । यो रोगको सङ्क्रमण बढ्दै गएको बताउँदै उनले अहिले प्रत्येक टोल, गल्ली र विद्यालयहरु डेङ्गु रोगको जोखिममा रहेको बताए । 

उनले टोल, नगर, विद्यालय लगायतका हरेक क्षेत्रमा यस रोगबारे जनचेतनामूलक कार्यक्रमहरु भइरहेको जानकारी दिई सबै क्षेत्रमा खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने र फोहरहरु नराख्ने कार्य गर्नुपर्ने बताए । 

यता भक्तपुर नगरपालिका क्षेत्रमा मात्रै ४० जना डेङ्गु रोगका बिरामी फेला परिसकेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । उनले भक्तपुर नगरपालिका क्षेत्रभित्रका ३७ र यहाँ आएका अन्य क्षेत्रका तीन जना गरी ४० जनामा डेङ्गु रोग भएको बताए ।

उनले भक्तपुर नगरपालिकाले डेङ्गु रोग नियन्त्रणसम्बन्धी वडा र विद्यालयमा अभिमुखीकरण कार्यक्रम, खाल्डाखुल्डी पुर्ने र चुन तथा फिनेल छर्ने, घरदैलो नर्सिङ सेवामार्फत डेङ्गु रोगबारे सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको बताए । सूर्यविनायक, चाँगुनारायण नगरपालिकाले पनि यो रोगबारे जनचेतना फैलाउँदै आएको छ ।
 

सम्बन्धित समाचार

मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या एक हजार पुग्यो

हेटौँडा । गत साउन १० गते हेटौँडा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा हरि खड्कामा पहिलोपटक देखिएको डेंगु रोग भदौ मसान्तसम्म आइपुग्दा मकवानपुरका एक हजारमा देखिएको छ । बिरामीमध्ये आधा अर्थात् ५००

चितवनमा डेंगु सङ्क्रमितको सङख्या दुई हजार नाघ्यो

चितवन । जिल्लाका अस्पतालहरुमा साउन महिनायता उपचार गर्न आएका दुई हजार ४६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । छ हजार ६३९ जनाको नमूना परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो

विमानभित्र डेंगुको औषधि छर्ने व्यवस्था मिलाउन पर्यटनमन्त्रीको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा डेङ्गुको प्रकोपबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव न्यूनीकरणका लागि निर्देशन दिएका छन् ।  लामखुट्टेको टोकाइबाट सर्ने डेंगुबाट

डेंगु रोग नियन्त्रणपछि मात्रै कर्मचारीलाई रमाना

काभ्रेपलाञ्चोक । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले डेंगु रोग नियन्त्रणपछि मात्रै समायोजनमा परेका स्वास्थ्य कर्मचारीलाई ‘रमाना’ दिने भएको छ । विशेषगरी तराई क्षेत्रबाट डेंगु रोगको प्रकोप फैलँदै पहाडी क्षेत्रमा समेत सङ्क्रमण बढ्न


z