नेप्से झण्डै चार अंकले घट्यो, सामुहिक लगानी कोष बाहेक सबै समुहले गुमाए

खरीबोट

काठमाडौ । साताको चौथो कारोवार दिन बुधबार पनि नेप्से घटेको छ ।

नेप्से आज तीन दसमलव ४६ अंकले घटेर ११ सय ६३ दसमलव ३१ बिन्दुमा झर्दा सेन्सिटिभ पनि शुन्य दसमलव ७९ अंकले घटेर दुई सय ५४ दसमलव ७८ बिन्दुमा झरेको छ ।

एक सय ७१ कम्पनीहरुको पाँच हजार चार सय ३० वटा कारोवारमा १५ लाख तीन हजार नौ सय २८ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३४ करोड १७ लाख ४५ हजार एक सय ३६ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक शुन्य सामान्य अंकले बढेपनि बाँकी समुहको सुचक उच्च घटेकाछन । सो मध्ये बाँणिज्य बैक समुहको सुचक एक दसमलव ७५ अंकले घटेर एक हजार ६८ दसमलव ९७ बिन्दुमा झर्दा बिकास बैंक समुहको सुचक पनि ३४ दसमलव ८४ अंकले घटेर १८ सय ९९ दसमलव १२ बिन्दुमा झरेको छ ।

जलबिद्युत समुहको सुचक पनि दुई दसमलव ५९ अंकले घटेर नौ सय ६४ दसमलव ८८ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि ४९ दसमलव तीन अंकले घटेर चार हजार चार सय ४१ दसमलव ५६ बिन्दुमा झरेको छ । लघुबित्त, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचक पनि घटेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको घलेम्दी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँ ४१ पैसाले बढेर ७१ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नविल इक्विटी फण्डको प्रतियुनिट सेयर मुल्य छ रुपैयाँ ६९ पैसाले घटेर सात रुपैयाँ ५३ पैसामा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको सोल्टी होटल लिमिटेडको प्रतिकित्ता दुई सय १९ रुपैयाँ अन्तिम मुल्यमा चार करोड ५५ लाख ५१ हजार छ सय ५२ रुपैयाँको कारोवार भएको छ ।
 

सम्बन्धित समाचार

नेप्सेमा दोहोरो अंकको गिरावट, अन्य बाहेक सबै समुहको सुचक रातै

काठमाडौ । साताको पहिलो कारोवार दिन आज आईतबार नै नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । नेप्से आज १६ दसमलव पाँच अंकले घटेर ११ सय ३९ दसमलव २५ बिन्दुमा झर्दा सेन्सिटिभ

साताको सेयर : नेप्से ११ सय ५५ अंकमा, एक अर्ब ८९ करोड २७ लाखको कारोबार 

काठमाडौ । यो साता सेयर कारोवार रकम गत साताको तुलनामा बढेको छ । यो साता एक सय ७२ कम्पनीहरुको ३७ हजार तीन सय २७ वटा कारोवारमा ६५ लाख ८७ हजार २द्द

एससीटीमा नयाँ व्यवस्थापन, युनियन पेको सहकार्यमा नयाँ कार्ड सार्वजनिक

काठमाडौं । स्मार्ट च्वाईस टेक्नोलोजी लिमिटेड(एससीटी)को व्यवस्थापन प्रभु समुह, आइएमई र हिमालयन बैंकले लिएपछि नयाँ कार्ड सार्वजनिक गरेको छ । पुरानो व्यवस्थापन समस्यामा परेपछि एससीटीको स्थान भिसा कार्डले लिएकोमा अहिले नयाँ

नेप्सेमा फेरि पुरानै लयमा, १८ अंकले घट्दा ३९ करोडको कारोबार

काठमाडौं । नेप्से फेरि पुरानै लयमा फर्किएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से पुुनः उच्च अंकले घटेको छ । अघिल्लो दुुई दिन बढेको नेप्से आज १८ दशमलव १२


z