जापानको मन्त्रिपरिषदमा हेरफेर, विदेशमन्त्रीमा मोटेगी नियुक्त

खरीबोट

टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले बुधबार मन्त्रिपरिषद हेरफेर गरेका छन् । 

उनले नयाँ विदेश र रक्षामन्त्रीमा नयाँ व्यक्तिलाई नियुक्त गरेका छन् । लोकप्रिय र उदाउँदो राजनीतिक व्यक्तित्वलाई बढुवा दिनु भएको विज्ञहरुले निष्कर्ष निकालेका छन् ।

पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा ३८ वर्षीय शिन्जिरो कोइजुमीलाई वातावरण मन्त्रीको रुपमा नियुक्त गरिएको छ । 

शिन्जिरो  दोस्रो विश्वयुद्धको अन्त्य भएदेखि जापानको मन्त्रिपरिषदमा नियुक्त भएका तेस्रो कान्छो मन्त्री हुन् । उनी राजनीतिको वरिष्ठता क्रममा र अन्य थुप्रै क्षेत्रमा ख्यातिप्राप्त व्यक्ति हुन् । 

आगामी नोभेम्बरसम्ममा आबे जापानको सबैभन्दा लामो समयसम्म सेवा पुर्याउने प्रधानमन्त्री बन्ने छन् । तर उनले २०२१ मा लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) नेतृत्वको चुनावमा पद छाड्ने अपेक्षा गरिएको छ । 

यसैगरी, जापानको नयाँ विदेशमन्त्रीमा तोशिमिट्सु मोटेगी नियुक्त हुनु भएको छ । उनलाई संयुक्तराज्य अमेरिकासँगको व्यापार सम्झौतामा गरेको कामको इनामका रुपमा पदोन्नति गरेको बताइएको छ । 

निवर्तमान विदेशमन्त्री तारो कोनोलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । दक्षिण कोरियासँगको सम्बन्धमा आएको तिक्तताबीच उनलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिनुले जापानको कोरियाप्रतिको नीतिमा कुनै परिवर्तन नआउने संकेत गरेको छ । 

कोनो सामाजिक सञ्जालमा आमजनतासँग जोडिन रुचाउने व्यक्तिमा गनिन्छन । विदेशमन्त्री ६३ वर्षीय मोटेगी राजनीति र कुटनीतिमा निकै अनुभवी मानिन्छन् ।
 

सम्बन्धित समाचार

जापानको मन्त्रिपरिषदमा हेरफेर, विदेशमन्त्रीमा मोटेगी नियुक्त

टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले बुधबार मन्त्रिपरिषद हेरफेर गरेका छन् ।  उनले नयाँ विदेश र रक्षामन्त्रीमा नयाँ व्यक्तिलाई नियुक्त गरेका छन् । लोकप्रिय र उदाउँदो राजनीतिक व्यक्तित्वलाई बढुवा दिनु भएको विज्ञहरुले

जापान रोजगारी : कात्तिकमा परीक्षा

काठमाडौं । जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गरेको छ ।  जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा गरेको थियो

नेपाल एयरलाइन्सको जापानमा व्यावसायिक उडान शुरु

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भदौ १२ गते अर्थात् गएरातिदेखि जापानको ओसाका व्यावसायिक उडान शुरु गरेको छ । निगमको वाइड बडी ए ३०३० जहाजले पहिलोपटक

जापान र अमेरिकाबीच व्यापार सम्झौतामा सहमति

टोकियो । जापान र संयुक्तराज्य अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भएको छ । विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह ९जी७० को बैठकमा दुबै मुलुकका नेताबीच फ्रान्समा वार्ता हुनुअघि नै यस्तो सहमति भएको


z