सप्तरीमा रगतको अभाव, रक्तदान गर्न आव्हान 

खरीबोट

फाइल तस्बीर

राजविराज । सप्तरीको राजविराजस्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ । 

“गर्मीसँगै रक्तदान कार्यक्रम कम हुँदै गएकाले रगतको अभाव भएको केन्द्रका इन्चार्ज नवीनकुमार झाले बताए । रगत अभाव परिपूर्ति गर्न साटासाट प्रणाली लागू गरे पनि यहाँ रगत अभाव रहेको उनले बताए । बढ्दो गर्मी र बिरामीको आवश्यकता अनुसारको रगत नहुँदा प्रत्येक दिन समस्या हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।

अहिले रगत लिन आउने बिरामीका आफन्तहरुसँग रगत लिएर बिरामीको आवश्यकतालाई पूरा गरिरहेको उल्लेख गर्दै उनले ब्लड गु्रपअनुसार सोही परिमाणमा रगत उपलब्ध गराउने गरे पनि बिरामीको चापले यहाँ रगतको अभाव देखिन थालेको बताए ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दैनिकजसो पाँच÷सात युनिट रगतको माग रहेको जानकारी गराउँदै इन्चार्ज झाले रगत अभाव पूर्ति गर्नका लागि रक्तदान कार्यक्रम सञ्चालन गर्न जिल्लास्थित विभिन्न सङ्घसंस्थालाई आह्वान गरेका छन् ।

सम्बन्धित समाचार

तनहुँ जलविद्युत् आयोजना : ४४ प्रतिशत वित्तीय प्रगति

तनहुँ । कूल १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले एक वर्षको अवधिमा ४४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । आयोजनाका लागि आर्थिक वर्ष ०७५÷७६ मा विनियोजित रु पाँच अर्बमध्ये

सप्तरीमा रगतको अभाव, रक्तदान गर्न आव्हान 

राजविराज । सप्तरीको राजविराजस्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ ।  “गर्मीसँगै रक्तदान कार्यक्रम कम हुँदै गएकाले रगतको अभाव भएको केन्द्रका इन्चार्ज नवीनकुमार झाले बताए । रगत अभाव परिपूर्ति गर्न साटासाट

कर्णेलको रगतले सुत्केरीको जोगियो ज्यान

डोटी । नेपाली सेनाको डोटी सिलगढीस्थित रुद्रध्वज गणका गणपति रत्नकेशर खड्काले दिएको रगतले जिल्लामा एक सुत्केरीको ज्यान बचेको छ । सुत्केरी हुँदा अत्यधिक रक्तश्रावका कारण जिल्ला अस्पताल सिलगढीमा भर्ना भएकी केआईसिंह

विराटनगरमा रगत अभाव

विराटनगर । विराटनगरस्थित क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रमा रगतको अभाव भएको छ । यहाँ दैनिक ६० जनाभन्दा बढी रगत लिन आउने गरेका छन् । यहाँका विभिन्न अस्पतालमा उपचार गर्न आउने बिरामी


z