काँग्रेसका सांसदले मागे स्वास्थ्यमन्त्रीको राजीनामा  

खरीबोट

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा नेपाली काँग्रेसका सांसदले स्वास्थ्यमन्त्रीको राजीनामा मागेका छन् ।

संसद्को विशेष समयमा बोल्दै काँग्रेसका सांसद संजय गौतमले डेंगुको रोकथाममा सरकार असफल भएको भन्दै स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा मागेका हुन् ।

सांसद गौतमले भने,'मुलुक डेंगुको महामारीले आक्रान्त छ, संकटकाल घोषणा गर्नुपर्ने बेला भैसक्यो सरकार कुम्भकर्णको निन्द्रामा सुतेर बसेको छ, यति ठुलो विरोध हुदा सरकारका मन्त्री कँहा हुनुहुन्छ । अहिले रुलिङ गरेर मात्र हुदैन । सत्ता पक्षका सांसदहरुले विरोध गरेर मात्र हुदैन । झारा टार्ने काम मात्र ब्गरेर पुग्दैन । त्यसैले जोडदारसँग स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्दछु । सरकार अमुक दर्शक बनेर बस्न मिल्दैन । तत्काल संकटकाल घोषणा गरेर अगाडी बढ्नु पर्छ ।'

सांसद गौतमले मन्त्रीदेखि डाक्टरसम्म डेंगुको चपेटामा परेको भन्दै यस्तो महामारी हुदापनि सरकार मौन रहेकोमा आपत्ति जनाउदै मन्त्रीको राजीनामा माग गरेका थिए ।     
 

सम्बन्धित समाचार

संसदको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते

काठमाडौँ । सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। बिहान सवा ११ बजे गलत दिशाबाट आइरहेको सरकारी नं. प्लेटको सवारीले ठक्कर दिँदा

भारतको संसदमा सोनिया गान्धीको नेतृत्वमा प्रदर्शन

नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा सोमबार भारतको संसदमा प्रदर्शन गरिएको छ।   महाराष्ट्रमा सरकार बनाउने विषयमा धोका भएको भन्दै काँग्रेसका नेता तथा सांसदहरुले प्रदर्शन गरेका

संसदीय समितिद्वारा सहकारी संस्थाको अनुगमन, भुक्तानी लिएर काम अधुरै 

सुर्खेत । कर्णाली प्रदेशसभा अन्तर्गतको सामाजिक विकास समितिले प्रदेश सरकारबाट अनुदान लिएका सहकारी सङ्घसंस्थाको स्थलगत अनुगमन गरेको छ । समितिका अध्यक्ष राजु नेपाली नेतृत्वको संसदीय टोलीले भूमि व्यवस्था, कृषि तथा सहकारी

पेरुमा संकट गहिरियोः संसद विघटन, संसदद्वारा राष्ट्रपति निलम्बित

पेरु । पेरुका राष्ट्रपति मार्टिन भिजकाराले सोमबार संसद विघटन गरी ताजा निर्वाचनका लागि आह्वान गरेका छन् । पेरुमा लामो समयदेखि जारी संस्थागत संकटकै बीच राष्ट्रपतिले संसद भङ्गको घोषणा गरेका हुन्


z