राप्रपाले एनसेल करछली प्रकरण सदनदेखि सडकसम्म उठाउने 

खरीबोट

काठमाडौँ । एनसेल करछलिको बिषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीको आज पदाधिकारी बैठकमा विस्तृत छलफल भएको छ ।

नेपालको सवै भन्दा ठूलो भ्रष्टाचार प्रकरणका बिषयमा पार्टीले पूर्व गृह एवं कानूनमन्त्री निरञ्जन थापालाई विस्तृत अध्ययन गरी बैठकमा प्रस्तुति गर्न जिम्मेवारी दिएको थियो ।

आज पदाधिकारी बैठकमा पार्टीका सल्लाहकार समितिका अध्यक्ष समेत रहेका निरञ्जन थापाले एनसेल कर छलि बिषयमा विस्तृत विवरण प्रस्तुत गरेकोको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

यस बिषयमा अत्यन्त गम्भिरताका साथ छलफल भएको र “यो करिब ४० अरबको चलखेलको बिषय हो, यो सामान्य बिषय होइन, ब्रम्हलुटको बिरुद्धमा आवाज उठाउनु हाम्रो जिम्मेवारी र कर्तब्य हो । यस बिषयलाई राप्रपाले संसददेखि सडकसम्म लैजान्छ, संघर्ष गर्छौ ” भन्ने बैठकको निष्कर्ष रहेको बर्तौलाले बताए । कमल थापाको अध्यक्षतामा बसेको बैठकमा काठमाडौंमा रहेका पदाधिकारिको उपस्थिति रहेको थियो । 
 

सम्बन्धित समाचार

मुलुक भ्रष्टाचारीहरुको पोल्टामा : सहायक महामन्त्री बर्तौला

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले मुलुकमा जसले जे गरेपनी जनता चुप लागेर बस्छन् भन्ने मनोबिज्ञानिकले काम गरिरहेको र सत्तासिनहरु विधि र प्रक्रियालाई चुनौती दिदै भ्रष्टाचारमा लिप्त

राप्रपाले एनसेल करछली प्रकरण सदनदेखि सडकसम्म उठाउने 

काठमाडौँ । एनसेल करछलिको बिषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीको आज पदाधिकारी बैठकमा विस्तृत छलफल भएको छ । नेपालको सवै भन्दा ठूलो भ्रष्टाचार प्रकरणका बिषयमा पार्टीले पूर्व गृह एवं कानूनमन्त्री निरञ्जन थापालाई विस्तृत

राप्रपाको सरकारमा सभागिता : केही तथ्य, केही भ्रम

काठमाडौँ । नेपालको संविधान २०७२ जारि भएपछि सरकारमा राप्रपाको सहभागिता सम्बन्धि बिषय विवादास्पद, भ्रमपूर्ण र अलोकप्रिय रहेको छ । हिन्दुराष्ट्र र राजसंस्था सहितको लोकतन्त्रको एजेण्डा बोकेको पार्टी पटकपटक सरकारमा गएको

राप्रपा युवा संगठनले राष्ट्रियता संरक्षण र भ्रष्टाचारविरुद्ध अभियान संचालन गर्ने

बुटवल । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले राष्ट्रियता संरक्षण तथा भ्रष्टाचार विरुद्ध मेची महाकाली युवा अभियान संचालन गर्ने निर्णय गरेको छ  । रुपन्देही जिल्लाको बुटवल स्थित विश्व हिन्दु महासंघको सभामा


z