मिशन मंगलको बम्पर कमाईपछि बक्स अफिसमा अक्षयकुमारको नयाँ रेकर्ड

खरीबोट

मुम्बई । बलिवुडका खेलाडी कुमार उपनामले चर्चित अक्षयकुमारको गत अगष्ट १५ मा रिलिज फिल्म मिशन मंगलले दुई सय करोडको कमाई गरेको छ ।

मिशन मंगल अक्षयकुमारको क्यारियरकै अहिलेसम्म २ सय करोड कमाई गर्ने पहिलो फिल्म बनेको छ ।

मिशन मंगल रिलिजको २९ दिनमा २ सय करोड क्लबमा प्रवेश गरेको छ ।

बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको पहिलो ५ दिनमा सय करोड, ११ दिनमा १५० करोड, १४औ दिनमा १७५ करोड र २९ दिनमा २ सय करोड कलेक्सन गरेको छ ।

यसका साथै मिशन मंगल यस बर्ष रिलिज भएको फिल्ममा २ सय करोड कमाई गर्ने चौथो फिल्म बनेको छ । यस अघि कबिर सिंहले १३ दिनमा, भारतले १४ दिनमा र उरीले २८ दिनमा २ सय करोड कमाई गरेका थिए ।

साथै मिशन मंगलले पहिलो साता १२८ करोड, दोस्रो साता ५० करोड, तेस्रो सातामा १५ करोड, चौथो साता ७ करोड कलेक्सन गरेको छ ।

साथै मिशन मंगल अक्षयकुमारको अहिलेसम्मकै छिटो सय करोड क्लबमा पुग्ने फिल्म समेत बनेको छ ।

फिल्मले रिलिजको पाँचौ दिनमा सय करोड क्लबमा पुगेको थियो । यस अघि अक्षय कुमारको फिल्म २.० ले पनि ५ दिनमा सय करोड कलेक्सन गरेको थियो भने केसरीले ७ दिनमा सय करोड कलेक्सन गरेको थियो । त्यस्तै टवाइलेट एक प्रेम कथाले ८ दिनमा र रुस्तमले ९ दिनमा सय करोड कलेक्सन गरेको थियो ।  

यस फिल्ममा अक्षयका अलावा विद्या बालन, सोनक्षी सिन्हा, तापसी पन्नु, कीर्ति कुल्हारी, नित्या मेनन, शरवन जोशी लगायतले अभिनय गरेका छन् ।

फिल्मलाई जगन शक्तिले निर्देशन गरेका हुन् भने फिल्मलाई होप प्रोडक्सन, फक्स स्टार स्टुडियो र केप अफ गुड फिल्म्सले निर्माण गरेका हुन् ।
 

सम्बन्धित समाचार

सलमान खानको फिल्म दबंग-३ को ट्रेलर सार्वजनिक

मुम्बई । बलिवुडका सुपरस्टार सलमान खानको फिल्म दबंग-३ को ट्रेलर सार्वजनिक भएको छ । एक्सन प्याक ट्रेलरमा सलमान खानको जादु चल्ने निश्चित देखिन्छ । यस अघिका दुई फिल्म जस्तै यस फिल्ममा

वारको बक्स अफिसमा किर्तिमान, तिन सय करोड क्लबमा पुग्यो कमाई 

मुम्बई । बलिवुड फिल्म 'वार' सन् २०१९ को अहिलेसम्म सबै भन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ । फिल्मले २०१९ मा ३ सय करोड कमाई गर्ने पहिलो फिल्म बनेको छ

कार्तिक-साराको ब्रेकअप !

मुम्बई । बलिवुडका अहिलेका चर्चित प्रेमी कार्तिक आर्यन र सारा अली खानको ब्रेकअपको खबर आएको छ । टाइम्स इंडियाका अनुसार आफ्नो व्यस्तताका कारण आफ्नो प्रेम जीवनलाई पूर्ण विराम लगाएका छन्

सलमान खानको नयाँ फिल्म 'राधे' को घोषणा, इदमा रिलिज हुने

मुम्बई । सलमान खानले आउदो बर्ष इदमा रिलिज गर्ने गरि नयाँ फिल्म राधेको घोषणा गरेका छन् । चर्चित निर्देशक संजयलिला भन्सालीसँगको फिल्म 'इन्शाअल्लाह' बन्द भएपछि सलमानले नयाँ फिल्मको घोषणा गरेका हुन्


z