पाकिस्तानको कप्तानमा शरफराजको निरन्तरता, आजम बने उपकप्तान 

खरीबोट

फाइल तस्बीर

काठमाडौँ । पकिस्तान क्रिकेट बोर्डले विश्वकपमा खराब प्रदर्शनका बाबजुद शरफराज अहमदलाई कप्तान कायम राहेको छ ।

श्रीलंकाविरुद्धको एकदिवसीय तथा टी-२० सिरिजका लागि शरफराजलाई कप्तान घोषणा गरेको हो । त्यस्तै बोर्डले पाकिस्तानका चर्चित ब्याट्सम्यान बबर आजमलाई उपकप्तान बनाएको छ ।

पाकिस्तानले आफ्नै घरेलु मैदानमा श्रीलंकासँग तीन एकदिवसीय र तीन टी-२० खेल खेल्दै छ । श्रीलंकासँगका यी दुई सिरिज यहि सेप्टेम्बर २७ देखि अक्टोबर ९ सम्म खेलिनेछ ।

विश्वकपमा लिग चरणबाटनै बाहिरिएको पाकिस्तानले कोचलाई हटाएको थियो भने कप्तान शरफराजलाई समेत हटाउने चर्चा चलेको थियो ।

तर हालै पाकिस्तान क्रिकेट टिमका हेद कोच तथा छनौट समितिका प्रमुख बनेका मिशबा उलहकले शरफराजलाई नै कप्तान र आजमलाई उपकप्तान बनाउने सिफारिश बोर्ड समक्ष गरेका थिए ।

शरफराजले कप्तानमा निरन्तरता पाएपछि खुशी व्यक्त गर्दै आफुले पाकिस्तानलाई जिताउन सक्दो प्रयास गर्ने बताए ।

सुरक्षा कारण देखाउदै श्रीलंकाका प्रमुख खेलाडी पाकिस्तान टुरमा नजाने बताएपछि यो सिरिज विवादमा आएको थियो । तर श्रीलंका क्रिकेट बोर्डले अन्य खेलाडी सहितको टिम पाकिस्तान पठाउने निर्णय गरिसकेको छ । लासित मलिंगा, कुसल परेरा, धनन्जय डिसिल्भासहित १० खेलाडी पाकिस्तान टुरमा नजाने भन्दै आफ्नो नाम फिर्ता लिएका थिए ।

२००९ मा श्रीलंकाका खेलाडीमाथि एक बन्दुकधारीले आक्रमण गरेको थियो ।   

पाकिस्तान क्रिकेट बोर्डले आफ्नो १६ सदस्यीय टिमको घोषणा सेप्टेम्बर २३ मा गर्ने जनाएको छ ।        
 

सम्बन्धित समाचार

टी-२० विश्वकप छनौटमा युएईको दोस्रो जित

काठमाडौँ । टी-२० विश्वकप छनौट अन्तर्गत आयोजक युएईले हङकङलाई पराजित गरेको छ । आज भएको खेलमा युएईले हङकङलाई ८ विकेटले पराजित गरेका थिए । हङकङले दिएको ११७ रनको लक्ष्य पछाएको युएईले

बंगलादेशका क्रिकेटरद्वारा घरेलु र अन्तर्राष्ट्रिय खेल बहिष्कार गर्ने निर्णय

काठमाडौँ । बंगलादेशका सिनियर क्रिकेटरले घरेलु र अन्तर्राष्ट्रिय खेल बहिष्कार गर्ने निर्णय गरेका छन् । मिडिया रिपोर्टका अनुसार खेलाडीहरुले बंगलादेश क्रिकेट बोर्डको निर्णयविरुद्ध आफ्नो असहमति जनाउदै आन्दोलनमा उत्रिएका छन् । टेस्ट र

टी-२० विश्वकप छनौटमा पिएनजी र क्यानाडा विजयी

काठमाडौँ । टी-२० विश्वकप छनौटमा पिएनजी र क्यानाडा विजयी भएका छन् । आइतबार सम्पन्न  समुह ए अन्तर्गतको खेलमा पिएनजीले नामिबियालाई ८१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पिएनजीले दिएको १९८

टी-२० विश्वकप छनौटमा बर्मुडामाथि पिएनजीको सहज जित

काठमाडौँ । टी-२० विश्वकप छनौट अन्तर्गत पिएनजीले बर्मुडालाई पराजित गरेको छ । शनिबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा पिएनजीले बर्मुडालाई १० विकेटले पराजित गरेको छ । बर्मुडाले दिएको ९० रनको लक्ष्य


z