काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।
आइतबार तोलामा ४ सयले घटेर ७० हजार २ सयमा कारोबार भएको सुनको मुल्य सोमबार ११ सयले वृद्धि भएर प्रति तोला ७१ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै चाँदीको मूल्यमा प्रतितोला २५ रुपैयाँ बढेर ८६५ रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ ।