• २०८१ बैशाख १४ शुक्रबार

नेप्सेमा देखियो सुधार, २६ अंकले बढ्दा ३८ करोडको सेयर किनबेच

kharibot

काठमाडौं । नेप्सेमा बल्ल भने सुधार देखिएको छ । लगातार घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार २६ दशमलव ९१ अंकले बढेर ११ सय ५० दशमलव ७४ विन्दुुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव २२ अंकले बढेर दुुई सय ५१ दशमलव ५७ विन्दुुमा चढेको छ ।

एक सय ७१ कम्पनीहरुको सात हजार एक सय २९ वटा कारोबारमा १३ लाख ७७ हजार नौ सय ४६ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद विक्री हुुँदा कारोबार रकम ३८ करोड ३९ लाख ५७ हजार चार सय २६ रुपैयाँको कारोबार भएको छ ।  

नेप्सेमा आज १२ वटा समूहको कारोबार भएकोमा सामुुहिक लगानी कोष समुहको सूचक सामान्य अंकले घटेपनि बाँकी समूहको सूचक बढेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक २१ दशमलव सात अंकले बढेर एक हजार ५४ दशमलव ५० विन्दुुमा चढ्दा विकास बैंक समूहको सूचक २६ दशमलव ७७ अंकले बढेर १५ सय ६८ दशमलव ५२ विन्दुुमा चढेको छ ।

जलविद्युुत् समूहको सूचक पनि ३९ दशमलव पाँच अंकले बढेर नौ सय ६३ दशमलव ९२ विन्दुुमा चढ्दा निर्जीवन बीमा समूहको सूचक पनि ८८ दशमलव ५७ अंकले बढेर चार हजार तीन सय ६० दशमलव १९ विन्दुुमा चढेको छ । यीबाहेक लघुुवित्त, जीवन बीमा, टे«डिङ, होटल, फाइनान्स, उत्पादनमूलक र अन्य समूहको सूचक पनि उच्च विन्दुले बढेका छन् । 

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा शिवम् सिमेन्टको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ९० पैसाले बढेर पाँच सय ४४ रुपैयाँमा कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच रुपैयाँ ५९ पैसाले घटेर दुुई सय ७० रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको सिद्धार्थ बैंकको प्रतिकित्ता तीन सय २५ रुपैयाँ अन्तिम मूल्यमा तीन करोड ४९ लाख ७७ हजार तीन सय ६० रुपैयाँको कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै