लेक लागेर पर्यटकको मृत्यु

खरीबोट

सोलुखुम्बु । मेरापिक क्षेत्रमा लेक लागेर आज एक पर्यटकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भारतीय नागरिक ३३ वर्षीय गोविन्द लखमान रहेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।

लेक लागेर बिरामी भई अलपत्र परेका सात विदेशी तथा एक नेपालीको उद्धार गरिएको छ । उनीहरुलाई हेलिकप्टरमा उद्धार गरी काठमाडौँ पठाइएको हो । केही दिनयता लगातार वर्षा हुँदा पर्यटकलाई समस्या भएको छ । निरन्तरको वर्षा र बाक्लो हुस्सुका कारण खुम्बु क्षेत्रको भ्रमणमा आएका सयौँ पर्यटक लुक्ला आएर बसेका छन् । 

केही पर्यटक झण्डै डेढ घण्टा पैदल यात्रापछि सुर्के आएका छन् । उनीहरु हेलिकप्टरमा काठमाडौँ फर्किने तयारीमा छन् । मंगलबार बिहान चौरीखर्क र सुर्केबाट विदेशी तथा नेपाली यात्रु लिएर गएका १० हेलिकप्टरले काभ्रेपलाञ्चोक र रामेछापमा आकस्मिक अवतरण गरेका थिए ।

शुक्रबारदेखि मौसम प्रतिकूलका कारण  खुम्बु क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।

सम्बन्धित समाचार

अष्ट्रियाका एक पर्यटकको मृत्यु

धादिङ । धादिङको उत्तरी क्षेत्रमा रहेको रुबी भ्याली गाउँपालिका–१ सोदाङमा एक पर्यटकको मृत्यु भएको छ । हिजो टेन्टमा सुतेका अष्ट्रियाका ७० वर्षिया विल्हियम विहिण्डरको टेन्टमा सुतेकै अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी

कास्की र मनाङमा गरी दुई पर्यटकको मृत्यु

कास्की । कास्की र मनाङमा गरी आज दुई पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–६ लेकसाइडको स्ट्रेट नं २ स्थित लक्की सेभेन गेष्ट हाउसमा बस्दै आएका जर्मन नागरिक ७६

रारा–सिञ्जा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि

खलङ्गा । चारै तिर मनमोहक हिमाल, वरीपरि हरीयाली जंगल, बिचमा सुन्दर ताल रारा । समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको मुगुको रारा तालले पर्यटकलाई मनै लोभ्याएको

आन्तरिक पर्यटकले भरियो पोखरा

पोखरा । उत्तरतर्फ टलक्क टल्कने हिमाल, फेवातालमा डुबुल्की मारेको माछापुच्छ्रे मात्र नभई लेखनाथ क्षेत्रका बेगनास तथा रुपा लगायतका तालतलैयामा यतिखेर आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । दशैँ तिहारको बीचमा विभिन्न स्कूल


z