मुलुक भ्रष्टाचारीहरुको पोल्टामा : सहायक महामन्त्री बर्तौला

खरीबोट

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले मुलुकमा जसले जे गरेपनी जनता चुप लागेर बस्छन् भन्ने मनोबिज्ञानिकले काम गरिरहेको र सत्तासिनहरु विधि र प्रक्रियालाई चुनौती दिदै भ्रष्टाचारमा लिप्त भएको आरोप लगायका छन् ।

चितवनको भरतपुरमा पार्टी प्रशिक्षणको उद्घाटन गर्दै बर्तौलाले सत्ता र शक्तिको उन्मादबाट मैमत्त भई ब्रम्हलुटको बाटोमा हिडिरहेको शासकहरुको हिसाब जनताले राख्ने दाबी गरे ।

हिजो देखाईएको क्रान्ती र नयाँ नेपालको सपना , बगाईएको रगत र युबाहरुको बलिदान आज ब्रम्हलुटमा गएर टुंगिएको भन्दै उनले अब जनता जागेर बिकल्पको खोजी गर्नुपर्नेमा जोड दिए ।

राप्रपालाई मुलुकको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न देशभरीका कार्यकर्ताहरु जनताको माझमा जाने पर्ने बर्तौलाको भनाई थियो । पार्टी , सिद्धान्त र नेतृत्वप्रती रहेको भ्रम र अफबाहहरुलाई चिरेर उच्च मनोबलको साथ अघि बढन कार्यकर्ताहरुलाई उनले आग्रह गरे ।

जिल्ला अध्यक्ष दिलिप पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रिय प्रशिक्षक युवराज घिमिरे, मेनुका खाँड केसीले प्रशिक्षण दिएका थिए ।

सम्बन्धित समाचार

स्वर्गीय चन्द्र बहादुर गुरुङको स्मृतिसभा सम्पन्न

काठमाडौं । तत्कालीन राप्रपा नेपालका संसदीय दलका नेता चन्द्र बहादुर गुरुङको चौथो वार्षिक पूण्यतिथिका अवसरमा एक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा संविधानसभाका अध्यक्ष एवं नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङले संविधानसभामा तत्कालीन

राप्रपाः उपनिर्वाचनको तयारीमा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मङ्सिर १४ गते सम्पन्न हुने विभिन्न तहको उपनिर्वाचनको तयारीबारे विस्तृत समीक्षा गर्दै निर्वाचनको तयारीलाई सघनरुपले अगाडि बढाउन सम्बन्धित समितिलाई निर्देशन दिएको छ । पार्टीका अध्यक्ष

गाईसँग मिल्दोजुल्दो चुनाब चिन्न दिएकोमा राप्रपाको आपत्ति  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनाव चिन्ह "गाई" सँग मिल्दोजुल्दो चिन्ह अर्को पार्टीलाई निर्बाचन आयोगले प्रदान गरेकोमा आपत्ति जनाएको छ । आज पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले

सरकार सर्बसत्ताबाद र तानाशाहि बाटोमा हिड्यो : राप्रपा नेता बर्तौला 

नयाँ दिल्ली । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रबास बिभाग भारत अन्तर्गत आज दिल्लीमा आयोजित भेलाले पन्ध्र सदस्यीय प्रबासी नेपाली एकता समाज दिल्ली तदर्थ समिति गठन गरेको छ । राप्रपा सहायक महामन्त्री राजाराम


z