इन्भेष्टमेन्ट बैंक र रेडक्रस सोसाईटीबिच सम्झौता

खरीबोट

काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) र नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस) बीच बैंकको जारी गठित सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रबद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 

सो सहमतिपत्र हस्ताक्षर गर्नुका साथै बैंकका प्रतिनिधीहरुद्घारा नेपाल रेडक्रस व्यवस्थापनलाई पाँच लाखको चेक हस्तान्तरण गरिएको थियो । रक्तदान÷संकलन, सचेतना तथा स्वस्थ्य जीवनलाई सुधार तथा प्रबद्र्धनका लागि आवश्यक ज्ञान अभिवृद्धि गर्ने शिक्षामूलक प्रेरणादायी कार्यक्रमहरू सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले नेपाल रेडक्रसलाई यो आर्थिक सहयोग गरिएको हो ।

एनआईबीएलले विगतदेखि नै यस्ता किसिमका स्वास्थ्य हेरचाहका गतिविधिहरूमा पहल गर्दै आएको छ र सामाजिक विकासका साथसाथै त्यसमा व्यक्तिगतरुपमा सचेत रस्वस्थ्य व्यवहार सामेल गराउन आफ्नो भूमिका निर्वाह गर्ने यसको उद्देश्य रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) ले ८२ शाखा, १२० एटीएम, १५ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ ।

बैंकले सेवा र व्यवसायमा उदाहरणीय कार्य गरेबापत पाँच पटक ‘बैंक अफ द इयर’ अवार्डका साथै अन्तर्राष्ट्रिय प्रकासन युरोमनीद्वारा ‘युरोमनी अवार्ड फर द बेस्ट बैंक २०१८’ अवार्डद्वारा समेत सम्मानित भइसकेको छ । यसका साथै आइक्रा नेपाल (इन्टरनेसनल क्रेडिट रेटिङ एजेन्सी–नेपाल)ले बैंकलाई ए प्लसको क्रेडिट रेटिङ गरेको छ ।
 

सम्बन्धित समाचार

इन्भेष्टमेन्ट बैंक र रेडक्रस सोसाईटीबिच सम्झौता

काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) र नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस) बीच बैंकको जारी गठित सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रबद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको

इन्भेष्टमेन्ट बैंकको १५औ विस्तारित काउन्टर भोजपुरको पौवादुङमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले प्रदेश नं १ को भोजपुर, पौवादुङमा गाउँपालिकामा विस्तारित काउन्टरमार्फत आफ्नो कारोबार बढाएको छ । नयाँ खोलिएको विस्तारित काउन्टर गाउँपालिकाको वडा नं ३ स्थित सदरमुकाम च्याङ्ग्रेमा रहेको

इन्भेष्टमेन्ट बैंकको ८२औं शाखा काठमाडौँको बालुवाटारमा  

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नो ८२औं शाखा काठमाडौं–४, बालुवाटारमा विस्तार गरेको छ । उपत्यकाका मुटु वरपर रहेर स्थापना गरिएको नयाँ शाखा स्थानीय माग पूरा गर्नेगरि लकर सुविधासहितका पूर्ण शाखाका

नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८२ जेष्ठ २४ गतेबाट

काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले १० दसमलव ५० प्रतिशतका दरले प्रत्येक छ, छ महिनामा ब्याजको भुक्तानी गर्ने गरी दुई अर्ब रुपैयाँको “नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८२” ऋणपत्र निष्काशन गर्ने


z