• २०८१ बैशाख १४ शुक्रबार

डेंगुका कारण आपतकालीन अवस्था छैन – स्वास्थ्यमन्त्री यादव

kharibot

काठमाडौं । सरकारले डेंगुका कारण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएको छ ।

बुधबार संसदमा विशेष समय लिएर बोल्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु संक्रमणको अवस्था जटिलतायुक्त अवस्थामा नरहेको बताए ।

मन्त्री यादवले डेंगु अहिले पछिल्लो पाँच दिनको रिपोर्ट हेर्दा नियंत्रण उन्मुख रहेको दाबि गरेको छ ।

मन्त्री यादवले डेंगु रोग नियन्त्रणका लागि मन्त्रालयले प्रदेश रे स्थानीय तहसँग उचित समन्वय गरेर काम गरिरहेको संसदमा जानकारी गराएका छन् ।

विभिन्न स्थानीय तहमा डेंगु नियन्त्रणका लागि १ करोड ६६ लाख रकम र प्रदेशमा डेंगु लगायतका प्रकोप गराउने रोग नियन्त्रणमका लागि ६ करोड १७ लाख रकम पठाएको मन्त्री यादवले जानकारी गराए । 

मन्त्री यादवले हाल ५८ जिल्लामा डेंगुको प्रकोप देखिएको बताए । साउन १ देखि भदौ ३० सम्म ५ हजार ९५ संक्रमित भइसकेको र ६ जनाको मृत्यु भएको मन्त्री यादवले जानकारी दिए । विश्वमा प्रत्येक वर्ष ३९ करोड मानिसमा डेंगुको संक्रमण देखिएको र विश्व स्वास्थ्य संगठनले समेत विश्वको दश प्रमुख खतरामध्ये डेंगुलाई पनि एक मानेको बताए ।

उनले डेंगुको रोगथामका लागि हरेक साता एक दिन डेंगुको लार्भा नष्ट गर्ने अभियान संचालन गर्ने घोषणा गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै