• २०८१ बैशाख १४ शुक्रबार

२३ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि  

kharibot

काठमाडौं । साताको चौथो कारोबार दिन बुुधबार नेप्से पूरै हरियो देखिएको छ । नेप्से २२ दशमलव ६८ अंकले बढेर ११ सय ७३ दशमलव ४२ विन्दुुमा चढ्दा सेन्सिटिभ पनि चार दशमलव १३ अंकले बढेर दुुई सय ५५ दशमलव ७० विन्दुुमा चढेको छ । 

एक सय ७१ कम्पनीहरुको सात हजार आठ सय ७७ वटा कारोबारमा १६ लाख ४५ हजार आठ सय ७७ कित्ता सेयर खरीदविक्री भएका छन् । उक्त परिमाणमा सेयर खरीदविक्री हुँदा कारोबार रकम ४७ करोड ६८ लाख ३३ हजार आठ सय ४७ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १२ वटा समूहको कारोबार भएकोमा टे«डिङ समूहको सूचक स्थिर बाँकी समूहको सूचकमा सुधार देखिएको छ । यीमध्ये वाणिज्य बैंक समूहको सूचक १८ दशमलव सात अंकले बढेर एक हजार ७३ दशमलव २१ विन्दुुमा चढ्दा विकास बैंक समूहको सूचक १० दशमलव २६ अंकले बढेर १५ सय ७८ दशमलव ७८ विन्दुुमा चढेको छ । 

जलविद्युुत् समूहको सूचक पनि ११ दशमलव ४९ अंकले बढेर नौ सय ७५ दशमलव ४१ विन्दुुमा चढ्दा निर्जिवन बीमा समूहको सूचक पनि एक सय ४३ दशमलव आठ अंकले बढेर चार हजार पाँच सय तीन दशमलव २७ विन्दुुमा चढेको छ । जीवन बीमा, होटल, फाइनान्स, उत्पादनमूलक, लघुुबित्त, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि बढेका छन् । 

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सिन्धु विकास बैंकको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले बढेर एक सय ३२ रुपैयाँमा कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको कर्णाली विकास बैंकको प्रतिकित्ता सेयर मूल्य चार रुपैयाँ ५४ पैसाले बढेर एक सय पाँच रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी बढी रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको शिवम सिमेन्टको प्रतिकित्ता पाँच सय ८९ रुपैयाँ अन्तिम मुल्यमा छ करोड २४ लाख २७ हजार सात सय ९३ रुपैयाँको कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै