नेपाल एयरलाइन्सले जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने

खरीबोट

काठमाडौ । जेष्ठ नागरिकको सम्मान स्वरुप नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

निगमको निर्णय अनुसार यो व्यवस्था आसेज १ गते २०७६ देखि लागू हुनेछ । जेष्ठ नागरिकले ७० वर्ष पुगेको प्रमाणित कागजात उपलब्ध गराए पछि ५० प्रतिशत छुटको टिकट निगमको कार्यालयबाट उपलब्ध गराइनेछ ।

संस्कृति, पर्यटन तथा नागकिर उड्डयन मन्त्री योगेश भट्टराईले घोषणा गरेको कार्यक्रमहरुमध्ये ५० प्रतिशतको छुट समेत समावेश भएकाले निगमले त्यसलाई कार्यरुपमा ल्याउन ५० प्रतिशत छुटको व्यवस्था गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्वलाई कार्यरुप दिन क्यान्सर पीडित विरामीहरुलाई पनि निःशुल्क र छुटका टिकट उपलब्ध गराउँदै आएको छ ।
 

सम्बन्धित समाचार

नेपाल एयरलाइन्सको ओसाका उडान उत्साहजनक

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ओसाका (जापान) उडानमा आशातित व्यापार गरेको छ । निगमका प्रवक्ता गणेशबहादुर चन्दले निगमको ओसाका उडान नियमित भइरहेको र आशातित व्यापार गर्न

नेपाल एयरलाइन्स सुधार्न पब्लिक लिमिटेडमा लैजान सुझाव

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को समग्र व्यवस्थापन सुधारका लागि गठित ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यादल’ ले आफ्नो प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक

नेपाल एयरलाइन्सले जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने

काठमाडौ । जेष्ठ नागरिकको सम्मान स्वरुप नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । निगमको

नेपाल एयरलाइन्सको जापानमा व्यावसायिक उडान शुरु

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भदौ १२ गते अर्थात् गएरातिदेखि जापानको ओसाका व्यावसायिक उडान शुरु गरेको छ । निगमको वाइड बडी ए ३०३० जहाजले पहिलोपटक


z