• २०८१ बैशाख १५ शनिबार

नेप्सेमा फेरि पुरानै लयमा, १८ अंकले घट्दा ३९ करोडको कारोबार

kharibot

काठमाडौं । नेप्से फेरि पुरानै लयमा फर्किएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से पुुनः उच्च अंकले घटेको छ । अघिल्लो दुुई दिन बढेको नेप्से आज १८ दशमलव १२ अंकले घटेर ११ सय ५५ दशमलव ३० विन्दुुमा झर्दा सेन्सिटिभ पनि तीन दशमलव ४९ अंकले घटेर दुुई सय ५२ दशमलव २१ विन्दुुमा झरेको छ । 

एक सय ६६ कम्पनीहरुको सात हजार पाँच सय ३५ वटा कारोबारमा १२ लाख २४ हजार पाँच सय ७२ कित्ता सेयर खरिद विक्री भएका छन् । सोही आधारमा आज ३९ करोड ९९ लाख ३० हजार आठ सय ७१ रुपैयाँको सेयर किनबेच भएको छ । 

नेप्सेमा आज १२ वटा समूहको कारोबार भएकोमा टे«डिङ र सामूहिक लगानी कोष समूहको सूचक बढे पनि बाँकी समूहको सूचक घटेका छन् । जसअनुुसार वाणिज्य बैक समूहको सूचक १४ दशमलव ७९ अंकले घटेर एक हजार ५८ दशमलव ४२ विन्दुुमा झर्दा बिकास बैंक समूहको सूचक ११ दशमलव ७८ अंकले घटेर १५ सय ६७ विन्दुुमा झरेको छ । 

जलविद्युुत् समूहको सूचक पनि १३ दशमलव २२ अंकले घटेर नौ सय ६२ दशमलव १९ विन्दुुमा झर्दा निर्जीवन बीमा समूहको सूचक पनि एक सय पाँच दशमलव ३२ अंकले घटेर चार हजार तीन सय ९७ दशमलव ९६ विन्दुुमा झरेको छ । यसैगरी लघुुबित्त, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समूहको सूचक पनि घटेका छन् ।   

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको समता माइक्रो फाइनान्स वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० रुपैयाँले बढेर पाँच सय ९४ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको गुराँस लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य आठ रुपैयाँ ४६ पैसाले घटेर चार सय ५४ रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी बढी रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको शिवम् सिमेन्टको प्रतिकित्ता पाँच सय ७२ रुपैयाँमा पाँच करोड २४ लाख ६२ हजार पाँच सय ७१ रुपैयाँको कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै