• २०८१ बैशाख २६ बुधबार

हङकङमा महंगीको मारमा वैवाहिक दम्पती : १० मध्ये एक जोडी बस्छन् अलग

kharibot

हङकङ । ३१ बर्सिया लाम लक हङकङको पूर्वी जिल्लामा आफ्नो माइतीमा बस्छिन तर उनका पति ३५ बर्सिया जेसन चाउ आइल्यान्डबाट एक घण्टा टाडाको दुरीमा आफ्नो परिवारसँग बस्छन् । उनीहरुको प्रेम २०१२ मा डिज्नील्याण्डमा काम गर्दा भएको थियो र तिन वर्ष पछि विबाह भयो तर उनीहरुको रोमान्टिक लाइफ कल्पना गरेको भन्दा भिन्न छ ।

लक र चाउको तिन वर्षको छोरी यु सोमबारदेखि विहीबारसम्म आमासँग बस्छिन् र छुट्टीमा बाबासँग समय बिताउछिन् । दुबैजना एउटा घरमा संगै बस्न सक्दैनन् कारण घरको बेडरुम सानो छ । बेडरुममा खाली ठाउँ नै यति सानो छ कि श्रीमान्, श्रीमती र एउटा बच्चा अटदैनन् । लक भन्छिन्, "कहिले कहिँ विवाह नै भएको छैन जस्तो लाग्छ यसरी बस्दा, सुरुवातमा धेरै गाह्रो भएको थियो करिब एक वर्ष लग्यो हामीलाई बानी पर्न ।" यू जन्मेको पहिलो महिनामा, लोकलाई यु को हेरचाह गर्न गाह्रो भएको थियो ।

श्रीमान् टाढा भएकोले उनलाई छोरी हुर्काउने कामको बोझ साझेदारी गर्न सक्दैनन् । यो अवस्था विसंगति जस्तो देखिन्छ तर यो वास्तवमा हङकङको अल्ट्रा-अनएफोर्डेबल हाउजीङ मार्केटमा आश्चर्यजनक रूपमा सामान्य हुँदै गइरहेको छ । लोक हङकङको हाउजिङ व्यबस्था र घर-जग्गा उपयोगको कडा नियमहरु दोसी मान्छिन् । नौ वर्ष यता हङकङको सम्पत्ति मूल्य विश्वको सबैभन्दा उच्च भएको छ ।

२८ बर्षिय काथी टाम र ३२ बर्षिय लुइस लीले २०१२ मा विवाह अगाडी नै सार्वजनिक घरका लागि आवेदन दिएकाले २०१७ मा विवाह गरेपछि २०१८ मा घर पाएका थिए । तस्बीर : मेगुमी लीम 


 

महँगो घर तर कम एक्स्पेक्टेसन 

हङकङमा करीव १० मध्ये एक विवाहित जोडी उनीहरूको जीवनसाथीसँग बस्दैनन् । २०१८ को सरकारी तथ्य अनुसार १२ प्रतिशत विवाहित जोडी आ-आफ्नो बुबाआमासँग बस्छन् । २०१९ को डेमोग्राफिया इन्टरनेसनल हाउजिङ अफोर्डअबिलिटीको अध्ययन अनुसार हङकङ सबैभन्दा कम किफायती बजारको रुपमा छ । एउटा सिंगल युनिट सब-डिभाइडेड फ्ल्याटको लगभग ४ हजार हङकङ डलर पर्छ जसमा केवल एउटा बेड मात्र अटाउछ । मध्यम हङकङमा मानिसहरुको औसत मासिक आय १० हजार ७ सय ५० देखि २१ हजार हङकङ डलर छ । यो मध्यमबर्ग परिवारको बार्षिक आयको २१ गुना बढि छ ।  एक जोडीमा दुबैको राम्रो कमाई छ भने पनि एउटा ठिकै खालको स्पेस पुग्ने घर किन्न सक्दैनन् । 

३० बर्षिय जोयस लेउंग विवाहपछि पनि आफ्नै माता पितासँग बसिरहेकी छन् । तस्बीर मेगुमी लीम ।


 

संगै छन् तर छुट्टै बस्छन् :

संगै बस्नको लागि हङकङका धेरै युवा दम्पतीहरूले पब्लिक हाउजिङको रूपमा निजी निवासहरूको विकल्प खोजिरहेका छन् । तर त्यो पब्लिक फ्ल्याट पाउन पनि सजिलो छैन, उच्च माग र कम उपलब्धताका कारण दम्पतीहरूको लागि औसत पर्खाइ समय लगभग साढे पाँच वर्ष रहेको छ । क्याथी ट्याम र उनका श्रीमान लुइसले विबाह अगाडी नै २०१२ मा पब्लिक फ्ल्याटको लागि निवेदन दिएका थिए तर २०१७ सम्ममा पनि फ्ल्याट नपाएपछि उनीहरुले बिहे गरे । ट्याम भन्छिन,"हामीले संगै बस्न सक्दैनौ भन्ने थाहा हुदा पनि बिहे गर्ने निर्णय गर्यौं ।" 

लुइसले अगाडी नै पछिको सोचेको कारण केवल एक वर्ष मात्र छुटिएर बस्नु पर्यो । "लामो समयसम्म संगै बस्न नपाउदा हाम्रो परिवार अधुरो महसुस भएको थियो, यदि फ्ल्याट नपाएको भए हामी बच्चाको बारेमा सोच्न पनि सक्ने थिएनौ ।" उनी भन्छिन् । ट्याम र लुइसको साझा बस्ती बिना बच्चा जन्माउने हिचकिचाहटले त्यस क्षेत्रका लागि ठूलो असर पार्छ किनभने हङकङको जनसंख्याको भविष्य उनीहरू जस्तै दम्पतीहरूको हातमा छ । यस क्षेत्रको फर्टिलिटी रेट निकै नै कम र घट्दो अवस्थामा छ, सरकारी तथ्यांकको अनुसार जन्मदर ५० प्रतिशतले घटी रहेको छ । हङकङ एशियाकै सबैभन्दा ठूलो वृद्ध जनसंख्या भएको मध्ये एक राष्ट्र हो । २०३६ सम्म पुग्दा यस क्षेत्रको जनसंख्याको एक तिहाई हिस्सा वृद्धहरूले ओगटेका हुनेछन् । यदि कम जन्म दर कायम रह्यो भने १५ वर्ष मुनिका बच्चाहरु २०६६ सम्ममा हङकङ को जनसंख्याको १० प्रतिशत मात्र बाकी रहने छ । 

आवासको कठिनाइको कारण र दुर्दशाको चिन्ताले यस क्षेत्रका बासिन्दा बिरोध प्रदर्शनमा उत्रिएका छन् । हङकङ सरकारले सबैलाई समावेस गर्न असफल भएपछि त्यहाँको जनतामा निरासा बढ्दो छ । 

यँहा डेमोग्राफिक्स मात्र चिन्ताको विषय होइन, वैवाहिक सम्बन्ध कसरी राम्रो बनाउने भन्ने समस्या छ किनभने विवाहित जोडी एउटा घर सेयर गर्दैनन् ।

जोडीहरु बिहेको स्पार्क अलाइभ राख्नको लागि घुम्न जाने, डेट जाने, फोनमा कुरा गर्ने गरेको बताउछन् तर पनि अलग बस्न एक्लो महसुस गर्छन् । एक्लोपनले अक्सर सताउने त्यहाको मानिसहरुको गुनासो छ तर पनि उनीहरु त्यसैमा रमाई रहेका छन्। 

(बिबिसीका लागि सरमेन ली र मेगुमी लिमको रिपोर्ट) 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै