• २०८१ बैशाख १४ शुक्रबार

मलिनाको सिक्स प्याकवाला प्रेमी !

kharibot

तस्वीर - इन्ष्ट्रग्रामबाट

काठमाडौँ। पूर्व मिस नेपाल तथा नायिका मलिना जोशी यतिखेर चुर्लुम्म प्र्रेममा डुवेकी छन् । उनी केहि महिनादेखि युट्युवर समेत रहेका सुशान्त प्रधानको प्रेममा परेकी हुन् ।

सामाजिक सञ्जाल इन्ष्ट्राग्राममा उक्त प्रेम छताछुल्ल पोखिएपनि दुबैले हालसम्म प्रेम स्विकार भने गरेका छैनन् । उनीहरु दुबै बिभिन्न देशमा खुलेआम घुमडुल गरिरहेका छन् । यतिमात्रै होइन, मलिनाले त आफ्नो बाबुसँग समेत सुशान्तको भेट गराइसकेकी छन् । 

पाँच महिनासम्म एक्लै ठिङ्ग उभिएको फोटो सेयर गर्ने उनी लामो समयपछि सिङ्गलबाट मिङ्गल भएकी हुन् । पहिले जिमको फोटोमात्रै राख्ने सुशान्त पनि अहिले मेलिनासँगको प्रेमिल फोटोहरुमा रमाउने गरेका देखिन्छ ।

सुशान्त भन्दा पहिले नायक अनुपविक्रम शाहीसँग प्रेमसम्बन्धमा रहेकी मलिनाको दुःखद ब्रेकअप भएको थियो । 

मलिना र सुशान्तको प्रेमले गन्तव्य पाओस् भन्नेजस्ता शुभकामना उनका शुभचिन्तकले दिएका छन् । इन्ष्ट्रामा उनलाई फलो गर्ने महिलाहरु भने उनलाई भाग्यमानी ठानेका छन् । यसको कारण हो सुशान्तको शरीर । उनीहरुले लेखेका छन्, मलिनाको त भाग्य नै बलियो, पहिले अनुपको सिक्स प्याकमा रमाउन पाईन्, अहिले सुशान्तको । केटाहरुले भने सुशान्तको शरिरप्रति जल्दै लेखेका छन्, यदि हामी पनि सिक्स प्याक बनाउँथ्यौं भने मलिना पाउँथ्यौं होला ।

जे होस्, मलिनाले पुन्पुरोमा चाहिं लेखेरै ल्याएको हो । पूर्व प्रेमीको खत्रा शरीर, वर्तमानको त झनै बबाल । 

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै