• २०८१ बैशाख १५ शनिबार

रोनाल्डो बिना युभेन्टस विजयी, पजानिकले निर्णायक गोल

kharibot

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले ब्रेससियामाथि जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा युभेन्ट्सले ब्रेससियालाई २-१ गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा मिरालेम पजानिकले निर्णायक गोल गरेका थिए । त्यसअघि ब्रेससियाका जोन चान्सलरले आत्मघाती गोल गरेर युभेन्टसलाई बराबरीको अवस्थामा ल्याइदिएका थिए ।

ब्रेससियाले खेलको चौथो मिनेटमा नै अल्फ्रेडो डोंनारुम्माको गोलमा सुरुवाती अग्रता लिएको थियो ।

यस खेलमा सामान्य घाइते भएका काराण क्रिस्टियानो रोनाल्डो भने खेलेका थिएनन् ।

जितपछि युभेन्टस ५ खेलमा १३ अंक हासिल गर्दै शिर्ष स्थानमा पुगेको छ भने एक खेल कम खेलेको इन्टर मिलान ४ खेलमा १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै ब्रेससियाले भने ५ खेलमा योसहित तेस्रो हार बेहोरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय