एनआरएनएको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

खरीबोट

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा कुल आचार्यले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका छन्। उनले आफ्ना १० बुँदे कार्ययोजना समेत सार्वजनिक गरेका छन् ।

संघको वर्तमान उपाध्यक्ष समेत रहेका आचार्यले आगामी कार्यकाल २०१९–२०२१ का लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

भूतपूर्व गोर्खा सैनिकहरुको बाक्लो बसोबास रहेको बेलायतको अल्डरशटस्थित एम्पायर हलमा घोषणा सभा मार्फत आचार्यले आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय अधिवेशनमा आगामी कार्यकालका लागि आफुले अध्यक्ष पदमा उम्मेदवारी दिने बताए ।

उम्मेदवारी  घोषणासभामा आचार्यले एनआरएनएलाई मौलिक दृष्टिकोण र ठोस प्रतिवद्धताका साथ अगाडि बढाउन भिजनरी नेतृत्व आवश्यक भएको बताउँदै संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत र समावेशी बनाउने संकल्प समेत गरेका छन्।
उनले आफ्नो उम्मेद्धारी घोषणा गर्दै १० बुँदे प्रतिवद्धतापत्र समेत सार्वजनिक गरेका छन्।

आचार्यले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा संसारभर फैलिएका गैरआवासीय नेपालीहरुसंग रहेको श्रोत, सीप, क्षमता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिको लागि बौद्धिक तथा आर्थिक लगानी मार्फत भित्र्याउन ठोस कार्ययोजना सहित अघि बढने बताएका छन्।

उम्मेदवारी घोषणासभामा आचार्यले संसदीय प्रकृयामा रहेको विधेयकलाई संविधान र एनआरएनएको भावना अनुरुप निकर्षमा पु-याउन निर्णायक पहल गर्ने बताए ।

उनले नागरिकता प्राप्तीको प्रक्रियालाई सरल र छिटोछरितो बनाउनुका साथै गैरआवासीय नेपाली नागरिकताको आधारमा छुट्टै राहदानी उपलव्ध गराउन समेत पहल गर्ने बताएका छन् ।

अध्यक्षका दावेदार आचार्यले गैरआवासीय नेपाली लगानीकर्ताहरुबाहेक एनआरएनएका सदस्यहरुको सम्पर्क र सम्वन्धलाई प्रयोग गर्दै विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने बताए ।

नयाँ समिति निर्वाचित भएको एक महिना भित्र गत मार्चमा काठमाडौंमा सम्पन्न नेपाल लगानी सम्मेलनमा एनआरएनए र नेपाल सरकारवीच दश अर्व रुपैयाँ बराबरको गैरआवासीय नेपाली संघ लगानी कोष स्थापना गर्न सहमतिपत्रमा हस्ताक्षर भएबमोजिम संयन्त्र बनाएर काम गर्ने उनले बताए ।

परराष्ट्र मन्त्रालयले स्थापना गरेको ब्रेन गेन सेन्टरलाई प्रभावकारी बनाउन संघको तर्फबाट भूमिका निर्वाह गर्ने साथै गत बर्ष आयोजित विश्व ज्ञान सम्मेलनका सिफारिसहरुलाई कार्यान्वयन गर्न नेपाल सरकारसंग सहकार्य गर्ने समेत उनले कार्ययोजना सार्वजनिक गरेका छन् ।

संघका पूर्व अध्यक्ष शेष घलेको कार्यकालमा तयार पारिएको तथा एनआरएनए आइसीसीद्वारा पारित ‘भिजन २०२० एण्ड वियोण्ड अवधारणालाई चरणवद्ध कार्यान्वयन गर्ने प्रतिवद्धता समेत आचार्यले व्यक्त गरेका छन् ।

त्यसैगरि आगामी २ बर्ष भित्र सदस्य संख्या कम्तिमा एकलाख पु-याउन विशेष अभियान सन्चालन गर्ने, संघका एनसीसी एवं सदस्यहरुद्वारा गरिने कल्याणकारी कामहरु एनआरएन एफाउण्डेसन मार्फत गर्ने व्यवस्था मिलाउने उनले बताए ।

एनआरएनएको अध्यक्षका लागि कुमार पन्तले यस अघि नै आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) र संघको अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसीसी) को ९ औं महाधिवेशन तथा विश्व सम्मेलन असोज २६ देखि २९ गते (अक्टोबर १३ देखि १६) सम्म काठमाडौंमा हुदै छ ।

सम्बन्धित समाचार

दस अर्ब लगानी भित्र्याउने अभियानमा एनआरएनएको समिति

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले श्रमिक कल्याणकारी कोषका लागि १ करोड ६ लाख सहयोग गर्ने भएको छ । एनआरएनको नवनिर्वाचित अन्तरराष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले वैदेशिक रोजगारीमा पीडितलाई सहयोग गर्ने

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी 

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशनबाट कुमार पन्त अध्यक्षमा निर्वाचित भएका छन् । पन्तले अध्यक्षका अर्का उम्मेदवार कुल आचार्यलाई पराजित गरेका हुन् ।  पन्त संघका छैटो अध्यक्ष बनेका छन्

एनआरएनएको अध्यक्षमा कुमार पन्त अगाडी, मतगणना अन्तिम चरणमा 

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचन प्रक्रियाअन्तर्गत जारी मतगणना ८५ प्रतिशत सकिएको छ । अध्यक्षका प्रत्यासी कुमार पन्तको अग्रता कायमै  रहेको छ । पन्तले आफ्ना

विदेश बसेर अनुशासन नसिकेका एनआरएनए 'प्रतिनिधि' 

काठमाडौ । आहिले गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधि काठमाडौँ,आ भेला भएका छन् । नवौं महाधिवेशनको सन्दर्भमा विश्वभरबाट काठमाडौँ जम्मा भएका एनआरएनएका प्रतिनिधिहरुको व्यबहार अहिले चर्चामा रहेको छ ।  विमानस्थलमा तोडफोडदेखि


z