• २०८१ बैशाख १४ शुक्रबार

कुमारी बैंकको साधारण सभा सम्पन्न : १० प्रतिसत बोनस शेयर दिने

kharibot

काठमाडौ । कुमारी बैंक लिमिटेडको १९औं वार्षिक साधारण सभा बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५÷०७६ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ । 

साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७५-०७६ को लागि १० प्रतिसत बोनस शेयर तथा बोनश शेयरको कर प्रयोजनार्थ शुन्य दसमलव ५२ प्रतिसत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी नौ अर्ब ५५ करोड हुनेछ । 

आर्थिक वर्ष २०७५-७६ को  मसान्तसम्म बैंकले कुल निक्षेप ८४ अर्ब ४० करोड रुपैयाँ परिचालन तथा कुल कर्जा रकम ७६ अर्ब ९८ करोड रुपैयाँ प्रवाह गरी संचालन मुनाफा १ अर्ब ७६ करोड तथा एक अर्ब २३ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि एक सय सात शाखा संजाल, ९३ एटिएम्, ३ एक्स्टेन्सन काउन्टरका साथै आठ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै