• २०८१ बैशाख १४ शुक्रबार

बाबुरामको प्रश्न - कमरेडहरू सामाजिक फासिवादतिर उन्मुख भएकै हुन् ?

kharibot

काठमाडौं । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ज्ञानेन्द्र शाहीमाथि हिजो (शनिबार) चितवनमा भएको आक्रमणलाई लिएर सत्तारुढ दल नेकपाका नेता तथा कार्यकर्ताहरुलाई सामाजिक फासिवादतिर उन्मुख भएकै हुन त ? भन्ने प्रश्न गरेका छन् ।

उनले आज विहान एक ट्विट गर्दै यस्तो प्रश्न गरेका हुन् । उनले भनेका छन्,‘हिजो मण्डलेले लोकतन्त्रवादीलाई पिटे भनेर आज लोकतन्त्रवादीले भिन्न मत राख्नेलाई पिट्न मिल्दैन ! लोकतन्त्रमा प्रतिगामीलाई पनि विधिसम्मत ढंगले नियन्त्रण वा दण्डित गर्नुपर्छ ! निरंकुशतारफासिवाद र लोकतन्त्र बीचको मुख्य अन्तर यही हो ! के हाम्रा कमरेडहरू सामाजिक फासिवादतिर उन्मुख भएकै हुन् ?’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै