• २०८१ बैशाख १४ शुक्रबार

४० हजार घुस रकमसहित प्रधानाध्यापक पक्राउ

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालज्योति मावि बिसनपुर कपिलवस्तुका प्रधानाध्यापकलाई ४० हजार घुस रकमसहित पक्राउ गरेको छ ।

प्रधानाध्यापक रबिन्द्र कुमार मौर्य र कार्यालय सहयोगी राम कुमार लोनिया समेतले शिक्षक नियुक्तिमा सहजीकरण गर्ने भन्दै सेवाग्राहीसँग ४० हजार घुस रकम लिएको अवस्थामा कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटा स्थित न्यु सिद्धार्थ होटल गेष्ट हाउसबाट रंगेहात नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

अख्तियारले अहिले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै