चेपाङ बस्तीमा विद्यालय बनाउन जापानको सहयोग

खरीबोट

फाइल तस्वीर

हेटौँडा । मकवानपुरमा विद्यालय बनाउन भन्दै जापान सरकारले रु एक करोड आर्थिक सहयोग गरेको छ । अति सीमान्तकृत  समुदायको रुपमा रहेको चेपाङ बाहुल्य विकट राक्सिराङ गाउँपालिका–२ सरिखेतको कुडुलेमा रहेको प्रजा प्रगति आधारभूत विद्यालयको भवन बनाउन जापानी राजदूतावासले रु एक करोड सहयोग गर्ने सम्झौता गरेको हो ।

जापानी राजदूतावासका डेपुटी चिफ अफ मिसन युजो योशियोका र विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद चौधरीले जापानी दूतावासमा आयोजित  कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर गरेको विद्यालयले जनाएको छ ।

प्रदेश ३ का प्रदेशसभाका प्रमुख प्रतिपक्षीदलका नेता इन्द्रबहादुर बानियाँको विशेष पहलमा जापानी राजदूतावासले राक्सीराङ २ सरिखेत कुंँडुलेमा रहेको प्रजा प्रगति आधारभूत विद्यालयको शौचालय र स्नानकक्षसहितको ६ कोठे भवन बनाउन रु एक करोड सहयोग गरेको जनाइएको छ । विकट क्षेत्रमा रहेको यस विद्यालयमा कक्षा–८ सम्म पठनपाठन हुने र ८० प्रतिशत चेपाङ जातिका बालबालिका अध्ययन गर्ने प्रजाप्रगती स्कुलको ६ कोठे भवन आगामी २०७७ असोज १४ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।

राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले अवको दिनमा विकट राक्सीराङका पिछडिएका चेपाङ तथा प्रजाका बालबालिकाले ढुक्कसँग पठनपाठन गर्न पाउने बताए ।

 

सम्बन्धित समाचार

त्रिविको निजीतर्फको परीक्षा फाराम भर्ने समय थप

काठमाडौँ । विद्यार्थीको परीक्षा फाराम भर्ने चाप बढेपछि त्रिभुवन विश्वविद्यालयले समय थप गरेको छ । निजीतर्फको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको फाराम भर्नेको सङ्ख्यामा बढेपछि कात्तिक ८ गतेसम्मका लागि समय थप

विद्यालयमा तालाबन्दी

लहान । विद्यालय व्यवस्थापन समितिका असन्तुष्ट सदस्य तथा स्थानीय अभिभावकले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका– ३ स्थित माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । विद्यालयमा उमेर हद नाघिसकेका व्यक्तिलाई कागजी कीर्ते गरी लेखापालमा सिरहाको

पढाइ छाडेका बालिका पुनः विद्यालयमा

बाँके । मध्यान्तरको समयमा एक हुल किशोरी चउरमा जम्मा भए । स–साना बालिकाहरु आ–आफ्नै सुरमा खेल खेल्न मग्न थिए । केही बालिका आकाशे रङको कमिजमा थिए त केही कुर्तामा ।

विद्यालय पुनर्निर्माणका लागि त्रिपक्षीय समझदारी

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन राजदूतावास तथा युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनओपिएस) बीच २४ वटा विद्यालय पुनर्निर्माणका लागि समझदारी भएको छ । नर्वे सरकारको करिब ८०


z