एनसेलको ‘अनलिमिटेड रोमिङ डेटा प्याक’ अब १० देशमा

खरीबोट

काठमाडौ । एनसेलका ग्राहकले अब विभिन्न १० देशहरुको भ्रमणमा रहदा बिना कुनै झन्झट सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदा लिन सक्नेछन् ।

एनसेल प्रा.लि.ले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजनामा बिहिबार (असोज १६) बाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिका पनि समावेश गर्ने भएको छ ।  

यो सँगै अब भारत, मलेसिया, अमेरिका, कतार, संयुक्त अरब इमिरेट्स, सिंगापुर, श्रीलंका, बंगलादेश, कम्बोडिया र इण्डोनेसियाको भ्रमणमा जाने ग्राहकहरुका लागि अनलिमिटेड रोमिङ्ग डेटा प्याक उपलब्ध हुनेछ ।

यस अफर अन्तर्गत एनसेलका  प्रिपेड तथा पोस्पेड ग्राहकले यी देशहरुको भ्रमणमा रहँदा हरेक दिन कर बाहेक मात्र रु १०० (रु १२७.६९ कर सहित) मा अनलिमिटेड रोमिङ्ग डेटा सेवाको फाइदा लिन सक्नेछन् । 

यो सेवाबाट लाभ लिन एनसेलका ग्राहकले आफु यात्रामा जानु अघि *७१२९# डायल गरि निर्देशन अनुसार यो रोमिङ्ग सेवा सुचारु गर्न सक्नेछन् । रोमिङ्ग सेवा सुचारु गरी सकेपछि पुनः *१७१२९# डायल गरी ग्राहकले यो डेटा प्याक लिन सक्छन् ।

यो योजनाले ग्राहकलाई भ्रमणमा रहँदा सुलभ दरमा अनलिमिटेड इन्टरनेट सेवा सुनिश्चित गरी आफ्ना परिवारका सदस्य, साथीभाईसँग  सम्पर्कमा रहिरहन सहयोग पुर्याउने विश्वास एनसेलले लिएको छ ।  

एक पटक यो प्याक सुचारु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतः नविकरण हुनेछ र शुल्क भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ । अर्थात ग्राहकले प्याक खरिद गरी डेटा सेवा प्रयोग नगरेमा शुल्क लाग्ने छैन ।

ग्राहकले यो प्याक माथि उल्लेखित १० देशहरुको भ्रमणमा जानु अघि वा ती गन्तव्यहरुमा पुगे पछि पनि लिन सक्नेछन् । सम्बन्धित देशमा पुगेर मात्र यो डेटा प्याक लिनका लागि ग्राहकले रोमिङ्ग सेवा नेपालमा नै सुचारु गरको हुनु पर्नेछ ।
 

सम्बन्धित समाचार

एनसेलको दशैं अफर :  रिचार्जमा डेटा बोनस

काठमाडौं । यो दशैंमा एनसेलका ग्राहकहरुले प्रत्येक रु १०० भन्दा माथिको रिचार्जमा डेटा बोनसको मजा लिदैं यो पर्वलाई उल्लासमय बनाउन सक्नेछन् ।   एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको

एनसेलको ‘अनलिमिटेड रोमिङ डेटा प्याक’ अब १० देशमा

काठमाडौ । एनसेलका ग्राहकले अब विभिन्न १० देशहरुको भ्रमणमा रहदा बिना कुनै झन्झट सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्रा.लि.ले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजनामा

एनसेलको ‘पिआरबिटी आफ्नै धुन’ को नयाँ भर्सनको घोषणा 

काठमाडौँ । एनसेलका ग्राहकहरुले अब आफ्नै धुन रेकर्ड गरी आफ्नो प्ले ब्याक रिङ्ग टोन (पिआरबिटी) को रुपमा राख्न र अरुलाई सो धुन प्रयोग गर्न आवहान गर्न सक्नेछन् । साथै धुन बनाउने

एनसेल प्रकरण संसद्ले छानबिन गर्नुपर्छ : अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले एनसेल करछली प्रकरणले आर्थिक रूपमा देशलाई ठूलो नोक्सान पु¥याएकाले संसद्ले छानबिन गर्नुपर्ने बताएका छन् ।  रिपोर्टर्स क्लबले आज राजधानीमा आयोजना गरेको अन्तक्र्रियामा


z