• २०८१ बैशाख १४ शुक्रबार

त्रिकोणीय टी-२० सिरिज जिम्बाबेले जित्यो

kharibot

काठमाडौँ । सिंगापुरमा जारी त्रिकोणीय टी-२० सिरिजको उपाधि जिम्बाबेले जितेको छ । आज भएको अन्तिम खेलमा जिम्बाबेले सिंगापुरलाई ८ विकेटले पराजित गर्दै सिरिज जितेको हो ।

सिंगापुरले दिएको १६८ रनको लक्ष्य पछाएको जिम्बाबेले १८.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

जिम्बाबेका लागि पिटर मूरले अविजित ९२ रन बनाएका थिए । मूरले ६० बलमा ९ चौका र ६ छक्का प्रहार गर्दै ९२ रन बनाएका थिए । त्यस्तै टोनी मुनयोनगाले ४४ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ६६ रन बनाए भने टिम डेविडले ४७ रन बनाए । त्यस्तै जनक प्रकाशले २२ रन बनाएका थिए ।

राउण्ड रोबिनमा खेलाइएको सिरिजमा जिम्बाबेले ४ खेलमा ३ जित हासिल गर्दै ६ अंक बटुलेर उपाधि जितेको हो ।

जिम्बाबेले एक खेल सिंगापुरसँग हार्यो भने नेपालले एक खेल सिंगापुरलाई पराजित गरेको थियो । 

सिरिजमा नेपाल ४ खेलमा एक जित २ हार र एक खेल बर्षाले रद्ध भएपछि ३ अंक बटुलेर दोस्रो स्थानमा रह्यो भने आयोजक सिंगापुर पनि ३ अंक बटुलेर तेस्रो स्थानमा रह्यो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै