• २०८१ बैशाख १४ शुक्रबार

पाकिस्तानविरुद्धको टी-२० सिरिज श्रीलंकाद्वारा क्लिन स्विप  

kharibot

काठमाडौँ । श्रीलंकाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा क्लिन स्विप गरेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा श्रीलंका १३ रनले विजयी भएको हो । 

श्रीलंकाले दिएको १४८ रन पछाएको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाउदै १३४ रन मात्र बनाए पछि श्रीलंका १३ रनले विजयी भएको हो । 

पाकिस्तानका लागि हरिस शोहैलले सर्वाधिक ५२ रन बनाए भने बबर आजमले २७ रन बनाए भने सरफराज अहमद र इफ्तिखार अहमदले १७-१७ रन बनाए । 

श्रीलंकाका बलर वैनान्दु हसरंगले ३ विकेट लिए भने लाहिरु कुमाराले २ विकेट लिए । 

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाउदै १४७ रन बनाएको थियो । 

श्रीलंकाका लागि ओशाडा फेर्नान्डोले सर्वाधिक ७८ रन बनाए भने एम्जल परेराले १३, सदीरा समाराविकर्माले १२ तथा दनुस शंकले १२ रन बनाएका थिए । 

पाकिस्तानी बलर मोहमद आमिरले ३ विकेट लिए भने इमाद वासिम र वहाव रियाजले एक एक विकेट लिए । 

यो जितसँगै श्रीलंकाले ३ खेलको टी-२० सिरिज ३-० ले जितेको छ । खेलको प्लेयर अफ द म्याच र प्लेयर अफ सिरिज श्रीलंकाका वैनान्दु हसरंग बनेका थिए ।         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै