काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ परेका छन् ।
बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा सांसद आलमलाई रौतहट प्रहरीले आज पक्राउ गरेको हो ।
उनलाई यतिवेला जिल्ला प्रहरी कार्यालय रौटहटमा राखिएको छ ।
सांसद आलममाथि २०६४ सालमा पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजीकैको इँटाभट्टामा जलाएर मारेको आरोप थियो ।
पछि मृतकका आफन्तले हालेको रिट निवेदनमा सुनुवाइ गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले २०६९ जेठ १६ मा दोषी आरोपित आलमसहित पाँच जनालाई गिरफ्तार गरी कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।