• २०८१ बैशाख १४ शुक्रबार

स्काभेटरले किचेर एकको मृत्यु

kharibot

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर एकजनाको मृत्यु भएको छ ।

स्काभेटरको ठक्करबाट मृत्यु हुनेमा आलिताल गाउँपालिका–४ का ५२ वर्षीय मानबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

आइतबार राति परशुराम नगरपालिकाको जोगबुडाबाट डोटीको बुडरतर्फ आइरहेको बा२क ५४६४ नंको स्काभेटरले किच्दा पैदल यात्री बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । घटना राति घटेको र चालक फरार रहेकाले कसरी भयो भन्नेबारे केही खुल्न सकेको छैन । 

घटनाको अनुसन्धानबाट सबै कुरा तथ्यसहित छानबिन गरिने प्रहरीले जनाएको छ । उक्त स्काभेटर राजेन्द्र निर्माण सेवा प्रालि,  कैलालीको रहेको जनाइएको छ ।

स्काभेटर चालक शेरबहादुर महरा भने फरार रहेको र उनको खोजी तीव्र पारिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै