• २०८१ बैशाख १४ शुक्रबार

एनआरएनएको महाधिवेशन आज : पन्त र आचार्य प्यानलसहित मैदानमा 

kharibot

काठमाडौं  । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशन आजबाट सुरु हुँदैछ ।

महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पनि संघले जनाएको छ । सम्मेलको उद्धघाट्न राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने र समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

संघको आगामी नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्यले आ-आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।

संघले पत्रकार सम्मेलन गरेर महाधिवशेनको तयारी पूरा भएको स्पष्ट पारेको छ । संघका वर्तमान महासचिव डा. बद्री केसीले सोमबार नवौं महाधिवेशनको नारा ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ तय गरिएको जनाए । विभिन्न देशबाट १५ सय प्रतिनिधिहरु काठमाडौं अआईसेका छन् ।

उनकाअनुसार प्रतिनिधिहरुको नामदर्ता सोमबार ३ बजेसम्म र वैकल्पिक प्रतिनिधिको साँझ ७ बजेसम्म नाम दर्ता गरिनेछ ।

दुई दिनसम्म होटल हायात रिजेन्सीमा आयोजना हुने सम्मेलनबाट नयाँ नेतृत्वसमेत चयन हुनेछ । निर्वाचनबाट विभिन्न १४ पदका लागि ४२ जना चुनिने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै