• २०८१ बैशाख १४ शुक्रबार

कबीर सिंहपछि शाहिद अर्को रिमेकमा, जर्सीमा क्रिकेटरको भूमिका निभाउने

kharibot

मुम्बई । यस बर्ष कबीर सिंह जस्तो सुपर हिट फिल्ममा अभिनय गरेका अभिनेता शाहिद कपुरले अन्तत: नयाँ फिल्म साइन गरेका छन् ।

शाहिद कपुरले दक्षिण भारतको सुपरहिट फिल्म 'जर्सी' को हिन्दी रिमेकमा काम गर्ने भएका छन् । तेलुगु फिल्म जर्सीमा नानीले अभिनय गरेका थिए भने यो फिल्म यसै बर्ष रिलिज भएको थियो ।

जर्सीको हिन्दी भाषाको निर्देशन तेलुगु फिल्म निर्देशन गरेका गौतम तिन्नानुरीले नै गर्ने भएका छन् । फिल्ममा क्रिकेट खेलमा हुने राजनीति र क्रिकेटरको संघर्षको कथा रहेको बताइएको छ ।

अभिनेता शाहिदले आफ्नो क्यारियरमा दोस्रो पटक क्रिकेटरको भूमिका निभाउने भएका छन् । शहिदले यस अघि फिल्म हडिप्पामा क्रिकेटरको भूमिका निभाएका थिए ।

गत अप्रिलमा रिलिज भएको तेलुगु जर्सीले बक्स अफिसमा शानदार कमाई गरेको थियो ।

निर्देशक गौतमले जर्सीको रिमेकलाई लिएर आफ्नु निकै उत्साहित भएको बताउदै जर्सीलाई हिन्दी भाषामा बनाएर पुरै देशलाई देखाउने आफ्नो चाहना पुरा हुन लागेको बताएका छन् ।

जर्सीको हिन्दी रिमेकलाई २०२० को अगस्ट २० मा रिलिज गर्ने घोषणा समेत गरिएको छ ।

तेलुगु फिल्म अर्जुन रेड्डीको हिन्दी रिमेक कबीर सिंहले बक्स अफिसमा तहल्का मच्चाएको थियो । कबीर सिंह शाहिदको क्यारियरकै सर्वाधिक कमाई गर्ने फिल्म बनेको थियो । कबीर सिंहले भारतीय बक्स अफिसमा २७८ करोड कमाई गरेको थियो ।               
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै