काठमाडौँ । आज सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य आज तोलामा ७ सय रुपैयाँले बढेको छ ।
सोमबार तोलाको ७० हजारमा कारोबार भएको सुन मंगलबार तोलाको ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै मंगलबार तेजाबी सुनको मुल्य भने ७० हजार ४ सय रहेको महासंघले जनाएको छ ।
त्यस्तै मंगलबार चाँदी पनि तोलामा १५ रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।