• २०८१ बैशाख १४ शुक्रबार

एप्पलको आफ्नै ५-जी मोडेमको आइफोन २०२२ मा आउने 

kharibot

काठमाडौँ । एप्पलले ५-जी मोडेमको आइफोन २०२२ सम्ममा बजारमा ल्याउने तयारी गरेको छ । तर २०२० को सेप्टेम्बरमा क्वाल्कम चीपसहितको पहिलो ५-जी मोडेल लन्च गर्ने कम्पनिले बताएको छ । 

एप्पलले छिटै नै यो ल्याउने तयारी गरेको छ र त्यसको लागि नै यही वर्ष इन्टेलको मोडेम बिजनेस किनेको थियो जसको कारण इन-हाउस हार्डवेर बनाउन कम्पनीलाई अरु पार्टनरको भर पर्नु नपर्ने भएको छ ।

एसिन तेर्झिओग्लुको नेतृत्वमा एप्पलले फाइभ-जी मोडेम विकास गरिरहेको छ । एप्पलभन्दा पहिले उनि क्वालकॉममा इन्जिनियर शाखाको उपाध्यक्ष थिए, २०१७ मा आइफोनको उत्पादकले उनलाई नियुक्त गरेको थियो । 

फास्ट कम्पनिका मार्क सुलिभानको अनुसार एप्पलले एसओसिसँग अहिले नै इन्टीग्रेसन नगर्ने र २०२२ सम्ममा पहिला ५-जी मोडेम तयार गर्ने बताएका छन् । यो मोडेल बजारमा ५-जी प्रविधिको कारण भिन्न हुने र लन्च गरेको अर्को वर्ष मात्र एसओसिको विकास गर्ने जानकारी दिएका छन्  । 

एप्पलले ५ जी मोडेमको अग्रज क्वाल्कमसँग लाइसेन्सको मूल्य विषयमा विवाद भएपछि सहकार्य छोडेको थियो । त्यस विवादपछि कानुनी प्रकृयासम्म पुगेको थियो र दुवै ठुला टेक कम्पनिबीच अप्रिलमा सम्झौता भएको थियो । 

त्यहि सम्झौताको कारण एप्पलल् क्वाल्कमको ५-जी चिप्स किनेको हो र ५-जी फिचरसहित आइफोनको नयाँ संस्करण २०२० मा लन्च गर्ने भएको छ । एप्पलले आफ्नै मोडेमसहितको ५-जी फोन २०२२ मा ल्याउने बताए पनि ५-जी सपोर्ट गर्ने आइफोन भने अर्को बर्ष ल्याउने तयारी गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै