काठमाडौ । गैरआवासीय नेपालीहरूको छाता संगठन (एनआरएनए) को नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनका लागि कोषाध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठलाई अर्का प्रतिस्पर्धी सोम सापकोटाले समर्थन गरेका छन् ।
कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका डेनमार्क निवासी सोम सापकोटाले आफ्नो उम्मेदवारी फिर्ता लिदै श्रेष्ठलाई समर्थन गरेका हुन् ।
मंगलबारदेखि शुरू भएको गैर आवासीय नेपालीहरुको छाता संगठन गैर आवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनमा नयाँ नेतृत्वका लागि आजै निर्वाचन हुदै छ ।
नयाँ नेतृत्वका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा भएको छ र सहमति भएपछि फिर्ता हुने क्रम पनि जारी देखिन्छ । एनआरएनको नयाँ कार्यसमितिको लागि आजै मतदान हुने कार्यक्रम रहेको छ ।
विद्युतीय मेशीनबाट मतदान हुने हुनाले निर्वाचनको परिणाम आजै आउने निर्वाचन समितिले जानकारी दिएका छन् ।