• २०८१ बैशाख १४ शुक्रबार

टी-२० विश्वकप छनौट खेलमा आयरल्याण्डको विजयी शुरुवात

kharibot

काठमाडौँ । टी-२० विश्वकप छनौट खेलमा आयरल्याण्डले विजयी शुरुवात गरेको छ ।

विश्वकप छनौटको समुह बि अन्तर्गतको खेलमा आयरल्याण्डले हङकङलाई ८ विकेटले पराजित गरेको छ ।

हङकङले दिएको १५४ रनको लक्ष्य आयरल्याण्डले १७.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

आयरल्याण्डका एन्डी बलबिर्नीले अविजित ७० रन बनाएका थिए भने पाउल स्ट्रिलिंगले ६२ रन बनाएका थिए । केविन ओब्रान शुन्यमा आउट भएको खेलमा आयरल्याण्डलाई जिताउन ह्यारी टेक्टरले अविजित २१ रन बनाएका थिए ।

यस अघि हङकङले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १५४ रन बनाएको थियो । हङकङका लागि किन्चित शाहले ७९ रन बनाएका थिए भने हारून अर्षदले २० रन बनाएका थिए ।

विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा आयोजक यूएईसँगै १४ राष्ट्र रहेका छन् जसमा १४ देशलाई दुई समुहमा विभाजन गरिएको छ । 

समूह ‘ए’ मा स्कटल्यान्ड, बर्मुडा, केन्या, नामिविया, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र सिंगापुर रहेका छन् ।

त्यस्तै, समूह ‘बी’ मा आयोजक यूएईसँगै हङकङ, ओमान, आयरल्यान्ड, क्यानाडा, जर्सी र नाइजेरिया रहेका छन् ।

प्रतियोगिताको पहिलो दिन आज अझै तीन खेल हुने छन् । त्यस्तै, समूह ‘ए’ कै अर्को खेलमा नेदरल्यान्ड्सले केन्याको सामना गर्दैछ ।

समूह ‘बी’ को दुई खेलमा हङकङले टेष्ट नेशन आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दा आयोजक यूएईले ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।                                      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै