• २०८१ बैशाख १४ शुक्रबार

नक्कली सुन देखाइ ठगी गर्न खोज्ने छजना पक्राउ

kharibot

काठमाडौँ । नक्कली सुन देखाइ ठगी गर्न खोज्ने छ जना आज पक्राउ परेका छन् ।

कपनस्थित निलो पुल नजिकै एक किलो नक्कली सुन देखाइ रु ५० लाखमा बिक्री गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

उक्त घटनामा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोक बाह्रविसे घर भई काठमाडौँ कपन बस्ने ४१ वर्षका मङगले तामाङ, सोही ठाउँ बस्ने २६ वर्षका सुजन रसौली, विष्णुबहादुर राउत, नवराज राउत र रोशन बुढामगर तथा सोही ठाउँ घर भई हाल ललितपुर सानागाँउ बस्ने २३ वर्षीय किरण लामा पक्राउ परेका प्रहरीले जनाएको छ । 

उपभोक्ताले सुन खरीद गर्न तयार गरेको रु पाँच लाखसहित सुन लिन मोलतोल गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बोगटीले जानकारी दिए । उनीहरुका साथबाट एक किलो नक्कली सुन र छ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै