काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोग नेतृत्व छान्ने र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरेका हुन् ।
भेटमा द्वन्द्वकालीन मुद्दाहरूलाई छिटो टुंग्याउने विषयमा कुराकानी भएको बैठकमा सहभागी नेकपाका नेताहरुले बताएका छन् ।
सत्यनिरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगको नेतृत्व छान्ने विषयमा केन्द्रित रहेर छल्फल भएको बताइएको छ ।