टेलिकमले इन्टरनेट लिज लाइनको महसुल घटायो

खरीबोट

फाइल तस्विर । 

काठमाडौँ । नेपाल टेलिकमले यही कात्तिक १ गतेदेखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ ।

कम्पनीले यसअघि न्यूनतम ५१२ केबीपीएस देखि माथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकामा अब न्यूनतम दुई एमबीपिएस क्षमतामा सेवा उपलब्ध गराउने भएको हो ।

यसअघि ११० एमबीपिएस ब्याण्डविथ रेन्जको महसुल दरप्रति एमबीपिएस ४ हजार २ सय रहेकामा अब दुईदेखि २० एमबीपिएसको व्याण्डविथ रेन्जको महसुल दरप्रति एमबीपिएस २ हजार ५ सय मात्र कायम गरिएको कम्पनीले आज एक विज्ञप्तिमार्फत जनाएको छ । 
    
त्यसैगरी पहिले ११ देखि १ सय एमबीपिएस ब्याण्डविथ रेन्जको प्रति एमबीपिएस ४ हजारमा उपलब्ध गराइरहेकामा अब २१ देखि ५० एमबीपिएस ब्याण्डविथ रेन्जको प्रति एमबीपिएस २ हजार ३ साता मा र ५१ देखि १ सय एमबीपिएस रेन्जको प्रति एमबीपिएस मात्र २ हजार १ सयमा उपलब्ध गराइनेछ । 
    
पहिले १०० एमबीपिएस भन्दामाथिका लागि प्रति एमबीपिएस ३ हजार ८ सय महसुल दर तोकिएकामा अब यो प्रति एमबीपिएस १ हजार ९ सय मै उपलब्ध हुनेछ ।

कम्पनीले उपलब्ध गराउने इन्ट्रानेट लिज लाइनको महसुल दर भने यथावत् रहेको जनाएको छ । टेलिकमले विभिन्न व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ ।

यस सेवामा इन्टरनेटको अपलिङ्क र डाउनलिङ्क क्षमता सधैं बराबर रहन्छ, भने सो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहन्छ । लिज सेवाको प्रयोगद्वारा कुनै पनि किसिमका अनलाइन सर्भिस सञ्चालन गर्न एवं कार्यालय तथा शाखा कार्यालयलाई ई–कनेक्टिभिटीबाट आबद्ध गर्न सकिन्छ ।

मुलतः बैंक, वित्तीय संस्था, शिक्षण संस्था, पुस्तकालय, सरकारी कार्यालय तथा बढी ब्यान्डविथ चाहिने र धेरै शाखाको सूचना, तथ्याङ्क तथा हिसाब अनलाइन गर्नुपर्ने सङ्घ/संस्था र कम्पनीका लागि यो सेवा निकै नै उपयोगी बनेको कम्पनीको भनाइ छ ।

मुलुकभरका नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका कुनै पनि कार्यालय तथा क्षेत्रीय निर्देशनालयमा सम्पर्क राखी यो सेवा प्राप्त गर्न सकिने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।
 

सम्बन्धित समाचार

सातै प्रदेशका शहरहरुमा नेपाल टेलिकमको फोरजी

काठमाडौँ । नेपाल टेलिकमले सातै प्रदेशका विभिन्न शहरमा अत्यधिक गतिमा इन्टरनेट चल्ने फोरजी सेवा सञ्चालन गरेको छ। टेलिकमले पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिमकार्ड वितरण,

नेपाल टेलिकमको रोमिङ शुल्कमा भारी छुट

काठमाडौ । नेपाल टेलिकमले सन् २००१ बाट जिएसएम पोस्टपेड सेवाका ग्राहकहरुका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवाको शुरुवात गरेको थियो । त्यतिबेला छिमेकी मुलुक भारतबाट प्रारम्भ गरिएको रोमिङ सेवा अहिले विश्वका धेरै

संस्थागत ग्राहकका लागि नेपाल टेलिकमको आकर्षक अफर

काठमाडौ । नेपाल टेलिकमले न्यूनतम प्याकेज रकमबाट महिनाभरी मोबाइलमा जति पनि (असीमित) कुराकानी गर्न सकिने सुविधा उपलब्ध गराइरहेको छ । संस्थागत प्रयोगकर्ता समूह योजनामा समाहित भएर ग्राहकहरुले यो सेवा उपभोग

जाजरकोटमा चार दिनदेखि नेपाल टेलिकमका सबै सेवा बन्द

जाजरकोट । जाजरकोट सदरमुकामलगायत जिल्लाको विभिन्न स्थानमा चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । पटकपटक अवरुद्ध हुने टेलिफोनले गर्दा यहाँका स्थानीय हैरान छन् ।   नेपाल  टेलिकमको चरम लापरवाहीका कारण


z