• २०८१ बैशाख १४ शुक्रबार

नेपाली सेनाकी तुलसा खत्रीद्वारा राष्ट्रिय किर्तिमान

kharibot

काठमाडौँ । चीनको उहानमा जारी सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीद्वारा राष्ट्रिय किर्तिमान राखेकी छन् ।

खत्रीले ट्रयाक एण्ड फिल्ड अन्तर्गत संचालन भएको महिलातर्फको ४ सय मिटर दौडमा राष्ट्रिय किर्तिमान राख्‍न सफल भएकी हुन् । उनले सो दुरी ५९.५७ सकेण्डमा पुरा गर्दै यस अघिको ५९.९० सकेण्डको राष्ट्रिय रेकर्ड तोडेकी हुन् ।

तुलसा खत्रीले ९ वर्ष अगाडी सन् २०१० मा प्रमिला रिजालले राखेको रेकर्ड तोडेकी हुन् ।  यस दौडमा २१ देशका प्रतिस्पर्धीले भाग लिएका थिए । 

यसै गरी आजै संचालन भएको महिलातर्फको १०० मिटर दौडमा नेपाली सेनाकी सरस्वती चौधरीले १२.६६ सकेण्डमा उक्त दुरी पुरा गरी आफ्नो व्यक्तिगत रेकर्डमा सुधार गरेकी छन् । यस दौडमा २६ देशका खेलाडीहरुले भाग लिएका थिए ।

प्रतियोगितामा आजै दौड सहित विच भलिबल, आर्चरी र महिला वक्सिङ्ग गरी ४ खेल सम्पन्न भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै