• २०८१ बैशाख २४ सोमबार

कास्की–२ बाट काँग्रेसका १६ जनाको नाम केन्द्रमा सिफारिस

kharibot

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस ले १६ जना आकांक्षीको नाम केन्द्रमा छनोटका लागि सिफारिस गरेको छ ।

केन्द्रबाट तीनजनाको नाममात्र सिफारिस गरी पठाउन भनिएकामा सहमति हुन नसकेपछि १६ जनाको नाम शिफारिश गरिएको हो ।

सहमति नहुँदा यसअघि क्षेत्रीय समितिले गरेको सिफारिसबमोजिम जिल्ला कार्यसमितिको मंगलबारको बैठकले जस्ताको तस्तै १६ जनाकै नाम केन्द्रमा पठाउने निर्णय गरेको हो ।

सिफारिस भएकाहरुमा गत निर्वाचनमा पराजित देवराज चालिसे, कांग्रेस क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति माधवप्रसाद बास्तोला, सोभियतबहादुर अधिकारी, नेता खेमराज पौडेल, पूर्वमन्त्री महादेव गुरुङ छन् ।

यस्तै, कांग्रेस महासमिति सदस्य ऋषि काफ्ले, महासमिति सदस्य कृष्ण कार्की, महासमिति सदस्य केशरप्रसाद निर्दोषी, महासमिति सदस्य गुरु बराल, जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे, सहसचिव रंगीला आचार्य, पत्रकार विमला भण्डारी, पूर्वक्षेत्रीय सभापति निर्मलप्रसाद कर्माचार्य, महाधिवेशन प्रतिनिधि वीरेन्द्रनारायण विजुक्छे, प्रदेश सभापति २ (क) विजय आचार्य र महासमिति सदस्य खेमकुमारी बराल छन् ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि कास्की क्षेत्र–२ जनप्रतिनिधिविहीन छ ।

आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि यही कात्तिक २१ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

त्यस्तै नेकपाबाट भने रवीन्द्रपत्नी विद्या भट्टराईसहित सोमनाथ अधिकारी, श्रीनाथ बराल, राजकाजी गुरुङ, तुलबहादुर गुरुङ, धनराज आचार्य, भीम कार्कीलगायतको नाम चर्चामा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै