• २०८१ बैशाख १४ शुक्रबार

राष्ट्रपति भण्डारी ग्वाङ्झाउमा

kharibot

फाइल तस्विर । 

राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई आज स्वदेश फर्किने क्रममा चीनको ग्वाङ्झाउमा आइपुगएकी छिन् । 

उनलाई ग्वाङ्झाउ अन्तरराष्ट्रिय विमानस्थलमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, त्यहाँस्थित नेपाली कार्यबाहक महावाणिज्यदूत कुञ्जन शाह तथा दूतावासका कर्मचारीले स्वागत गरेका हुन् । 

राष्ट्रपति भण्डारीका साथमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै