• २०८१ बैशाख १४ शुक्रबार

लन्डनमा कन्टेनरमा ३९ जनाको लास भेटियो, ड्राइभर पक्राउ 

kharibot

काठमाडौँ । बेलायतको लन्डनमा एक ट्रकमा ३९ जनाको लास भेटिएको छ ।

लन्डनबाट पुर्वमा रहेको इसेक्सबाट एक ट्रक (कन्टेनर) मा ३९ जनाको लास भेटिएको बिबिसीले उल्लेख गरेको छ ।

प्रहरीले २५ बर्षिय ट्रक ड्राइभरलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले ट्रक ड्राइभर उत्तरी आयरल्याण्डका भएको बताएको छ ।

इसेक्स प्रहरीका अनुसार ट्रक बुल्गेरियाको भएको र गत शनिबार बेलायतको वेल्समा पुगेको थियो । वेल्सबाट मंगलबार इसेक्स पुगेको थियो ।

ट्रकमा ३८ जना वयस्कको लाश रहेको छ भने एक जना २० बर्षभन्दा कम उमेरको भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको र यस बारेमा विस्तृत विवरण आउन बाँकी रहेको बताएको छ ।

यस अघि सन् २००० को जुनमा बेलायतमा ५८ चिनियाँ प्रवासीको शव भेटिएको थियो । सो प्रकरणमा ट्रक ड्राइभरलाई हत्याको आरोप लगाएर  सजाय सुनाइएको थियो । 
       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै