घुस लिएको आरोपमा प्रहरी जवान पक्राउ 

खरीबोट

भीमदत्तनगर । कञ्चनपुरको गड्डाचौकी नाकामा कार्यालय समयमै रहेको बेला भारतबाट सामान ढुवानी गर्ने सेवाग्राहीबाट रु पाँच हजार घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान दीपक चौधरी पक्राउ परेका छन् ।

यहाँस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले बुधबार भारतबाट सामान ढुवानी गरिरहेका सेवाग्राहीबाट भन्सार मिलाइदिन्छु भनी रकम लिएको अख्तियारको दाबी छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता टोपबहादुर विष्टले पक्राउ परेका प्रहरी जवान चौधरीलाई थप अनुसन्धानका लागि आयोगको केन्द्रीय कार्यालय पठाउने जानकारी दिए । 
 

सम्बन्धित समाचार

सिरहा मालपोतका निमित्त कार्यालय प्रमुख घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सिरहामा कार्यरत निमित्त कार्यालय प्रमुखलाई घुससहित पक्राउ गरेको छ । अख्तियारका अनुसार मालपोत अधिकृत रामबाबु मण्डलले उच्च अदालत जनकपुर, राजविराज इजलासको

प्राधिकरणका इलेक्ट्रिकल हेल्पर घुसहित नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण कलैया वितरण शाखा बारामा कार्यरत इलेक्ट्रिकल हेल्पर (तह–२) राजदेव महतो कोइरीलाई रु नौ हजार घुसहित आज नियन्त्रणमा लिएको छ ।  नयाँ विद्युत्

घुस लिएको आरोपमा धुलिखेल मालपोतका कर्मचारी पक्राउ

बनेपा । सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग रु २० हजार घुस लिएको आरोपमा मालपोत कार्यालय राजश्व शाखामा

साल्ट ट्रेडिङका अञ्चल प्रमुखविरुद्ध मुद्धा दायर 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदाममा रहेको रासायनिक मल हिनामिना गरेको आरोपमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय विराटनगरका प्रमुख नवीनचन्दू झासहित तीन जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर


z